उपाध्यक्षसहित केन्द्रीय सदस्यहरुले थरुहट तराई पार्टी त्यागे


काठमाडौं, फागुन ३ गते । गंगा थारु नेतृत्वको पार्टी नयाँ शक्ति पार्टीमा एकिकरण भएपछि थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) सम्बद्ध नेता तथा कार्यकर्ताहरुले पुरानो माउ पार्टी थरुहट तराई पार्टी नेपालबाट राजिनामा दिनेक्रम शुरु गरेका छन् ।

सांसद थारुकाअनुसार सो पार्टीबाट उपाध्यक्ष नन्दकुमार चौधरी, महासचिव शम्भुप्रसाद चौधरी, केन्द्रीय सदस्य सन्तोष कठरिया, सुरज कठरिया, कृष्णकुमार चौधरी, काठमाडौं उपत्यका अध्यक्ष रामस्वागत चौधरीले मंगलबार संयुक्त राजिनामा दिएका छन् ।

थरुहट तराई पार्टी नेपालका अध्यक्षलाई सम्बोधन गरी लेखिएको निवेदनमा पदीय जिम्मेवारीबाट पद त्याग गरेको उल्लेख गरेका छन् । पद त्याग गरेकाहरुले चाँडै नयाँ शक्ति पार्टीमा प्रवेश गर्ने सांसद थारुले जानकारी दिनुभयो । सो पार्टी छाड्ने तयारीमा विभिन्न जिल्लाबाट संयौं नेता तथा कार्यकर्ता रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया