गाभर भ्यालीमा सातवटा होमस्टे निर्माणः बाँके पर्यटन हब बन्दै


भगतराम थारु
नेपालगञ्ज, फागुन ४ गते । बाँकेको गाभरमा आज एक कार्यक्रमका वीच होमस्टे घर नं. ६ को उद्घाटन् गरिएको छ । चिसापानी गाविसको बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले पर्यटन विकासमा होमस्टेले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

सुनारले बाँके जिल्लालाई चिनाउनका लागि पनि निकुञ्ज स्थापना भएसंगै होमस्टेको सञ्चालनले पर्यटनलाई आकर्षण गर्नुकासाथै स्थानियलाई रोजगार दिएको बताउनुभयो ।

त्यस्तै, गाभर भ्यालीका अध्यक्ष कृष्ण चौधरीले होमस्टे सञ्चालन क्षेत्रको निरिक्षण तथा होमस्टे सञ्चालन गर्दा भएगरेका समस्याहरुका बारेमा जानकारी गराउनुभएको थियो । चौधरीले होमस्टे क्षेत्रमा खानेपानी, बाटो तथा विद्युतको समस्याहरु रहेको जानकारी गराउनुभयो ।

सांसद सुनारले गुुनासो सुन्दै अब आउने सांसद विकास कोषको बजेटबाट गाभर होमस्टेलाई पर्यटकिय हबकोरुपमा विकास गर्न आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सुनारले गाभर भ्याली जाने बाटो कालोपत्रे गर्ने, खानेपानी ट्याङ्की निर्माण, स्विमिङग पुल निर्माण तथा विद्युतको समस्यालाई अवको यस आर्थिक बर्षमा पुरा गर्ने बताउनुभयो ।

नयाँ होमस्टे सञ्चालन भएसंगै गाभर भ्यालीमा होमस्टेको सङ्ख्या सात पुगेको छ । विशेषगरी थारु तथा मुगाली संस्कृतीलाई संरक्षण गर्दै होमस्टे सञ्चालन भएका छन् ।

नयाँ होमस्टे सञ्चालन भएसंगै गाभर भ्यालीमा होमस्टेको सङ्ख्या सात पुगेको छ । विशेषगरी थारु तथा मुगाली संस्कृतीलाई संरक्षण गर्दै होमस्टे सञ्चालन भएका छन् । होमस्टेमा थारु संङ्ग्राहलय, बााँके राष्ट्रिय निकुञ्ज क्षेत्र, अष्ट्रिज फर्म तथा थारुबस्ती अवलोकन गर्ने, पिकनिक स्पटजस्ता थुप्रै रमणिय स्थल गाभर भ्यालीमा निर्माण गरिएको छन् ।

होमस्टे उदघाटन कार्यक्रममा पर्यटन कार्यालय बाँकेका प्रमुख दिपक बुढाथोकी, चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन क्षेत्रका अध्यक्ष भिम केसी लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत स्थानियको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया