सिमरा विमानस्थलमा पूर्वराजा रानीलाई शुभचिन्तकको भव्य स्वागत


दुष्यन्त चौधरी
बारा, फागुन ५ गते । पुर्वराजा ज्ञानेन्द्र शाहलाई बिहिबार सिमरा बिमानस्थलमा भब्य स्वागत गरिएको छ । पुर्वरानी कोमलको जन्मोत्सवको पुर्व सन्ध्यामा तराई भ्रमणमा आएका ज्ञानेन्द्रलाई सिमरामा राष्ट्रिय झण्डा बोकेर भेला भएका शुभचिन्तकहरुले फूलमालासहित स्वागत गरेका थिए ।

बुद्ध एयरबाट सिमरा बिमानस्थलमा अपरान्ह २ बजे कोमलकासाथ आइपुगेका ज्ञानेन्द्रलाई स्वागतका लागि भेला भएका शुभचिन्तकहरुले केहीबेर सिमरामा र्याली समेत आयोजना गरे ।

राष्ट्रिय झण्डा फहराउँदै उनका शुभचिन्तकहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रा राजा प्राण भन्दा प्यारो छ’ , ‘राजा कसको जनताको’, ‘राजतन्त्र जिन्दाबाद’ लगायतका नारा लगाउँदै सिमरालाई ज्ञानेन्द्रमय बनाएका थिए ।

पुर्वराजाको स्वागतका लागि बारा, पर्सा, मकवानपुर लगायत बिभिन्न जिल्लाबाट आएका शुभचिन्तकको भिडलाई सम्हाल्न सुरक्षा निकायलाई हम्मेहम्मे परेको थियो ।

सर्मथकहरुमा मुस्लिम समुदायका शुभचिन्तकहरु समेत उल्लेख्य सहभागी थियो । पुर्वराजाको स्वागतका लागि बारा, पर्सा, मकवानपुर लगायत बिभिन्न जिल्लाबाट आएका शुभचिन्तकको भिडलाई सम्हाल्न सुरक्षा निकायलाई हम्मेहम्मे परेको थियो ।

हातमा फूलमाला र पुष्पगुच्छा बोकेका उनका हजारौँ शुभचिन्तकको भिडले एयरपोर्ट रोडसहित पथलैया बिरगन्जको मुख्य सडकखण्ड आधाघण्टा अब्यवस्थीत बनेको थियो ।

पुर्वराजा ज्ञानेन्द्र बिहिबार कोमलकासाथमा सिमरास्थित प्रभु निवासमा रहने र शुक्रबार चितवनको यात्रामा निस्कने बताइएको छ । ७ गते परेको कोमलको जन्मोत्सव चितवनमा मनाउने तयारी रहेको स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया