काठमाडौं, फागुन १२ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारले घोषणा गरेको स्थानीयतहको निर्वाचनले मुलुकलाई झनै अस्थिरतातर्फ लग्ने बताएको छ ।
विहिबार दुवै दलको तर्फबाट संयुक्त विज्ञप्ती जारीगर्दै सो दलले त्यस्तो दावी गरेको हो । स्थानीयतह निर्वाचनको अहिलेसम्म संरचनासमेत नबनेको अवस्थामा निर्वाचन उपयुक्त नरहेको सो दलको तर्क छ । सो दलले जारी गरेको विज्ञप्तीमा छ वटा काम तत्काल गर्न सुझाव दिएको छ ।
स्थानीयतह निर्वाचनको अहिलेसम्म संरचनासमेत नबनेको अवस्थामा निर्वाचन उपयुक्त नरहेको सो दलको तर्क छ । सो दलले जारी गरेको विज्ञप्तीमा छ वटा काम तत्काल गर्न सुझाव दिएको छ ।
व्यवस्थापिका संसदमा दर्ता भएको संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिनुपर्ने, संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिले गराउनुपर्ने, प्रदेश मातहत रहने स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको संख्या र सिमा निर्धारण गरी बाँकी भूगोललाई जनसंख्याको आधारमा स्थानीयतह बनाइनुपर्ने माग गरिएको छ ।
त्यस्तै, स्थानीय तहको प्रदेश मातहत राखेर त्यसको निर्वाचन पनि प्रदेशले गराउनुपर्ने, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने, संघीय संसदको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने, भागबण्डाको राजनीतिको अन्त्य हुनुपर्ने माग सो दुई दलको छ ।