सप्तरी घटनाको विरोधमा मोर्चाद्वारा शुक्रबार नेपाल बन्दको आव्हान


काठमाण्डौ, फागुन २६ गते । सप्तरीको राजविराजमा गत सोमबार भएको घटनाको विरोधमा शुक्रबार एक दिनका लागि संयुक्त मधेसी मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।

घटनाको न्यायीक छानबीन गरी दोषिमाथि कारबाही, मृतकलाई शहीद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारजस्ता माग राखेर मोर्चाले नेपाल बन्द घोषणा गरेको छ ।

नेपाल बन्द सफल बनाउन गठबन्धनले सहकर्मी दल र मोर्चाहरुलाई कडाईकासाथ बिहानैदेखि काठमाडौंको दुई दर्जन स्थानमा खटाउने निर्णय गरेको बताएको छ । देशव्यापी जिल्लाहरुमा पनि बन्द सफल बनाउन गठबन्धनले मातहतका दल र मोर्चाहरुलाई निर्देशन जारी गरेको बुझिाएको छ ।

सप्तरीको मलेठमा सशस्त्र प्रहरीले चलाएको गोलि लागि चारजनाको मृत्यु र दर्जनौं गम्भीर घाइते भएपछि आक्रोशित बनेको संघीय गठबन्धनले नेपाल बन्दको घोषणा गरेको बताएको छ ।

सुदूरपश्चिम पनि बन्द
यता विहिबार भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागी कञ्चनपुरका गोविन्द गौतमको निधनले सुदूरपश्चिमबासी आक्रोशित भएका छन् । सामान्य कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप नेपालीको छ । नेपालकै भूमिमा कल्भर्ट निर्माण गर्दा नेपाली भूमिमै प्रवेश गरेर नेपालीलाई कुटपिट गर्नु, गोली चलाउनु निन्दनीय भएको स्थानीय नेपालीको भनाई छ ।

स्थानीय २५ वर्षिय गौतमको हत्याको विरोधमा शुक्रबार सुदूरपश्चिमका सबै जिल्ला बन्दको आव्हान गरिएको स्थानीयले बताएका छन् । सरकारले विहिबार विज्ञप्ती जारी गर्दै घटना दुःखद् भएको बताउँदै कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया