सन्तकुमार चौधरी
चितवन, चैत २ गते । चितवन समाज साइप्रसको तृतीय अध्यक्ष सुनिता थापाको नाम अहिले चर्चामा छ । चितवनकी चेली थापाले साईप्रसमा दामभन्दा पनि नाम कमाउन सफल भएकी छिन् ।
विभिन्न माध्यमवाट साईप्रस पुगेर दुख पाएका नेपालीहरुलाई सहयोग गर्नु उनको दैनिकीजस्तै बनेको छ । साइप्रस पुगेर सास्ती पाएका अधिकाङ्स नेपालीहरु उनको सम्पर्कमा पुग्छन् । उनले साइप्रसमा बस्ने अन्य नेपालीदेखि त्यहाँका स्थानीयसँग समन्वय गरेर समस्या सुल्झाउन महत्वपूर्ण भूमिका खेल्ने गरेकी छिन् ।
काम नपाएर अलपत्रमा परेकाहरुलाई काम खोज्ने, अभावमा रहेकाहरुलाई आर्थिक सहयोग जुटाउने लगायतका काम गरेर साइप्रसमा उनी चर्चामा आएकी हुन् ।
काम नपाएर अलपत्रमा परेकाहरुलाई काम खोज्ने, अभावमा रहेकाहरुलाई आर्थिक सहयोग जुटाउने लगायतका काम गरेर साइप्रसमा उनी चर्चामा आएकी हुन् ।
चारवर्ष अगाडी रोजगारीको सिलसिलामा उनी साईप्रस पुगेकी हुन् । अहिले चितवन समाज साईप्रसकी तृतीय अध्यक्षको जिम्मेवारी समेत पाएकी छिन् । पश्चिम चितवनको साविक शारदानगर गाविस वडा नं ४ मा उनको जन्म भएको थियो । रोजगारीको क्रममा साइप्रस पुगेकी सुनितालाई पैसा कमाउनु भन्दा पनि पराई मूलुकमा कुनैपनि नेपाली अभाव र दुखमा बस्न नपरोस भन्ने चिन्ता छ ।
साइप्रस क्षेत्रमा रहेका सबै नेपालीलाई संगठीत गर्नु, अभावमा रहेका नेपालीहरुलाई सहयोग गर्नु उनको मूख्य काम बनेको छ अहिले । नेपालमा भइरहेको राजनीतिक घटनक्रमसँगै बेलाबेला उत्पन्न घटना परिघटनाकाकारण साइप्रसमा रहेका नेपालीहरु अत्याधिक चिन्ता मान्ने गरेको उनले बताइन् ।
मूलुक सम्बृद्ध बनाउन साइप्रसमा बस्ने नेपालीहरुले खेल्नुपर्ने भूमिकामा कुनैपनि कमि हुन नदिने उनको तर्क छ । त्यसका लागि राजनीतिक दलहरुबीच भद्र सहमति र सहकार्य आवश्यक छ उनले भनिन् ।
अभावमा रहेको समाचारलाई आधार बनाएर कयौं पटक साइप्रसमा बस्ने नेपालीहरुबाट आर्थिक संकलन गरेर स्वदेश पठाउने काममा समेत उनी सक्रिय छिन् ।
विदेशमा बसेर स्वदेशलाई अधिक माया गर्ने नेपालीहरु मध्ये उनको नाम पनि अग्रपंत्तिमै आउँछ । अभावमा रहेको समाचारलाई आधार बनाएर कयौं पटक साइप्रसमा बस्ने नेपालीहरुबाट आर्थिक संकलन गरेर स्वदेश पठाउने काममा समेत उनी सक्रिय छिन् ।
हुन त सुनिता थापा समाजसेवासँगै गायन क्षेत्रमा पनि उतिकै अब्बल छिन् । साइप्रसमा आयोजना हुने नेपालीहरुको कार्यक्रममा प्राय उनी पुग्छीन् । उनले कार्यक्रममा सहभागीता मात्रै जनाउँदिनन् । त्यहाँ पुगेर आफ्नो गीत गाउने प्रतिभा प्रस्तुत गरेर फर्कीन्छन् ।
अहिले नेपाली आइगीत रेकर्डिङको तयारीमा जुटेकी छिन् । यसरी विदेशमा धन कमाउन गएकी चितवनकी चेलिको सामाजिक कामले जो कोहीलाई सहजै प्रभावित बनाउन सक्छ । सामाजिक सेवाप्रति सक्रिए भएकी सुनिता थापालाई शुभकामना ।