काठमाडौं, चैत ८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।
सभापति देउवाले स्थानीय तहको निर्वाचनमा आउन मधेस केन्द्रित दलहरुलाई आग्रह समेत गर्नुभयो । संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गरे पारित हुने अवस्था नरहेकाले त्यसलाई हाल थाती राख्नुको विकल्प छैन उहाँले भन्नुभयो ।
ललितपुरमा मंगलबार आयोजित राष्ट्रिय निकास सम्बन्धी बहस कार्यक्रममा सभापति देउवाले सबै समुदायको अधिकार सुनिश्चित गराउने अभियान नेपालमा तीव्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले सबै कुराको प्राप्ती एकैपटक गर्ने मानसिकता त्याग्न पनि सबैमा आग्रह गर्नुभयो ।