काठमाडौं, चैत १० गते । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले टीकापुर घटनामा अधिकांश निर्दोस थारु पक्राउ परेकाले त्यसको न्यायिक छानविन गरी राजबन्दीको रिहाई गरिनुपर्ने बताउनुभएको छ ।
हमार पहुरा डट कमसँग संक्षिप्त कुरागर्दै टीकापुर निवासी शाहले राज्यबाट कमजोरी भएको बताउनुभयो । २०७२ भाद्र ७ गते आठ जनाको ज्यान जानेगरी भएको घटना आफैमा दुःखद् भए पनि त्यसको भोलिपल्ट ८ गते थारुको घर पसलमा आगजनी गरिनु त्यतिकै दुःखको घटना भएको उहाँले तर्क गर्नुभयो ।
“भाद्र ७ गतेको घटनामा दोसी ठहर गर्दै २५ जनालाई कारवाही प्रक्रिया अघि बढ्यो तर ८ गतेको घटनामा संलग्नलाई केही कारवाही गरिएन, यो ठीक भएन” उहाँले भन्नुभयो । दुवै घटनामा संलग्न जोसुकै भएपनि बरावर दोसी रहेको उहाँले चर्चा गर्नुभयो ।
“भाद्र ७ गतेको घटनामा दोसी ठहर गर्दै २५ जनालाई कारवाही प्रक्रिया अघि बढ्यो तर ८ गतेको घटनामा संलग्नलाई केही कारवाही गरिएन, यो ठीक भएन” उहाँले भन्नुभयो । दुवै घटनामा संलग्न जोसुकै भएपनि बरावर दोसी रहेको उहाँले चर्चा गर्नुभयो ।
घटनाको न्यायिक छानविन गर्न सरकार र राजनीतिक दलले समेत नसकेको बताउँदै उहाँले घटनालाई लम्ब्याउनुभन्दा निर्दोष थारुलाई प्रक्रिया पुर्याएर रिहाई गर्नमै न्यायपूर्ण हुने बताउनुभयो । टीकापुर घटनामा एमाले पार्टी र नेताहरु समेत चुकेको उहाँले आरोप लगाउनुभयो । घटनामा निर्दोष थारुमाथि अन्याय भएको उहाँको बुझाई छ ।
थारु समुदाय सोझा छन् भन्दैमा काम गर्दैगरेकालाई पक्राउ गरेर जेलमा थुन्नु कदाचित ठीक नभएको बताउँदै सांसद शाहले त्यसकालागि आफूले पार्टीभित्र कुरा उठाइरहेको बताउनुभयो । टीकापुर घटना विषयलाई सल्टाउन जति ढिला गर्यो त्यति समस्या बढ्ने बताउँदै उहाँले सकेसम्म चाँडो घटनाको निरुपण राजनीतिक तवरबाट गर्न माग गर्नुभयो ।