एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन


काठमाडौं, चैत १० गते । नेकपा (एमाले) बाट समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा विहिबार साँझ काठमाडौंमा निधन भएको छ ।

सर्लाहीको ब्रम्हपुरीमा घर भएकी सांसद देवी चैत ५ गते सीमापारी भारतको स्थानीय बजार सीतामढीको रामनगरा चोकमा मोटरसाईकल दुर्घटनामा पर्नुभएको थियो । ट्रकले उहाँ सवार बाईकलाई ठक्कर दिएपछि उहाँ गम्भीर घाइते पर्नुभएको थियो । सो दुर्घटनामा बाईक चालकको निधन भएको थियो ।

गम्भीर घाइते देवीको उपचार काठमाडौंको बी.एण्ड बी. अस्पतालमा भइरहेको थियो । एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार साँझ ९ बजे देवीको निधन भएको हो ।

गम्भीर घाइते देवीको उपचार काठमाडौंको बी.एण्ड बी. अस्पतालमा भइरहेको थियो । एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार साँझ ९ बजे देवीको निधन भएको हो । देवीको निधनको खबर पाएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल साँझ १० बजेतिर अस्प्ताल पुग्नुभएको थियो ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार सांसद देवीको पार्थीव शरीर शुक्रबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय धुम्बाराहीमा राखिनेछ । परिवारका सदस्यहरुसँग छलफल गरी अन्तिम संस्कार जिल्लामा गर्ने कि काठमाडौंमै गर्ने टुंगो लाग्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया