स्थानीयलाई थाहै नदिई स्वास्थ्यचौकी सारिएपछि स्थानीय आक्रोशित


दुष्यन्त चौधरी
बारा, चैत १४ गते । स्थानियलाई थाहै नदिई नियम विपरित जैतापुरमा रहेको मनहर्वा स्वास्थ्य चौकीको कार्यालय सखुईमा सारिएपछि जैतापुर आसपासका स्थानिय आक्रोसित बनेका छन् ।

आक्रोसित स्थानियले स्वास्थ्य संस्था सार्न नहुने र सारिएको कार्यालय पुरानै स्थानमा फिर्ता गरि संचालनको माग गरेका छन् । मनहर्वाका स्वास्थ्य चौकी इन्चार्ज रामएकवालप्रसाद यादवले मनोमानी ढंगबाट कार्यालय सार्ने प्रयास गरेकाले निजलाई कार्वाहीको समेत माग गरेका छन् ।

कार्यालय सार्ने विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयले समेत अनभिज्ञता प्रकट गरेको हुँदा ईन्र्चाज एक्लैले मनपरि गरेको संघर्ष समितिका अध्यक्ष विजयप्रासाद चौधरीले जानकारी दिनुभयो ।

साविक मनहर्वा हालको जीतपुर सिमरा उपमहानगपालिका वडा नं.१७ जैतापुरमा रहेको कार्यालय आसपासका स्थानियहरुले संघर्ष समिति नै गठन गरि आन्दोलनको घोषण गरेका छन् ।

आईतबार संघर्ष समितिले वडा नं. १७ को जैतापुरमा सयौं स्थानियको रोहबरमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम बारे जानकारी गराएको छ । कार्यक्रम अन्तर्गत सारिएको कार्यालय यताशिघ्र फिर्ता गरिनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, जन स्वास्थ्य कार्यालय बारा घेराउ गर्ने, रिले अनसन बस्ने र कानुन विपरित स्वास्थ्य कार्यायल सारिको कार्यको विरुद्धमा उच्च अदालत जाने तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।

कार्यालय सार्ने विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयले समेत अनभिज्ञता प्रकट गरेको हुँदा ईन्र्चाज एक्लैले मनपरि गरेको संघर्ष समितिका अध्यक्ष विजयप्रासाद चौधरीले जानकारी दिनुभयो । उहाँले पच्चिस बर्ष अघिबाट जैतापुरमा संचालित कार्यालय ईन्चार्ज रामएकवाल प्रसाद यादवको एकलौटी निर्णयमा सार्न खोजिएकाले त्यसो हुन नदिने बताउनुभयो ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितिका सदस्य समेत रहेका चौधरीकाअनुसार यादवले एकाध ब्यक्तिको उक्साहटमा विवाद झिकेको आरोप लगाउनुभयो । आजसम्म कार्यालय सार्ने विषयमा कुनै किसिमको छलफल भएको छैन, उहाँले भन्नुभयो ।

कार्यालय सारिको विषयमा विवाद बढ्दै गएपछी मनहर्वामा पाँचदिनबाट स्वास्थ्य सेवा प्रभावित बनेको छ । सारिएको र सोको स्थान दुवै ठाउँमा पाँचदिनदेखी ताला लागेको स्थानियले बताए ।

कार्यक्रममा साविक मनहर्वा गाविसका निवर्तमान अध्यक्ष देवचन्द्रप्रसाद चौधरी, स्थानिय समाजसेवी मानबहादुर थिङ्ग, विजयलाल राम ,बसन्त खतिवडा, टंक प्रसाद लुँईटल लगायतको सहभागीता रहेको कार्यक्रममा संर्घष समितिको सदस्य नवराज बहादुर खड्काले कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रम संर्घष समितिका अध्यक्ष विजयप्रसाद चौधरीको अध्यक्षता एवं सचिव चुडाहरी अधिकारीको संचालनमा सम्पन्न भएको हो । यता कार्यालय सारिको विषयमा विवाद बढ्दै गएपछी मनहर्वामा पाँचदिनबाट स्वास्थ्य सेवा प्रभावित बनेको छ । सारिएको र सोको स्थान दुवै ठाउँमा पाँचदिनदेखी ताला लागेको स्थानियले बताए ।

सो विषयमा संबन्धित निकायको ध्यान समयमै जान जरुरी देखिएको मनहर्वा गाविसका निवर्तमान अध्यक्ष देवचन्द्र चौधरी बताउनु भयो । सारिएको स्थानमा सेवा पुनःसुचारु गर्नुपर्ने मागगर्दै जैतापुर आसपासका स्थानियले दिनहुँ आन्दोलन गरिरहेका छन् ।

कार्यालय खोलिएको स्थान सखुईका स्थानियले सखुईमै सेवा सुरु गर्नु पर्ने बताउँदै आएका छन् । यो विषय स्थानिय प्रहरीचौकी हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगीसकेको छ ।

तपाईको प्रतिक्रिया