काठमाडौं, चैत १४ गते । थारु कल्याणकारिणीसभाको केन्द्रीय सभा बैठकले पुरानै शैलीको सत्याग्रह, भद्र अवज्ञा र असहयोगको कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि खासै प्रभाव नपरेको लालटिन जुलुशलाई पनि निरन्तरता दिने निर्णय बैठकको छ ।
शुक्रबार र शनिबार दुई दिन काठमाडौंमा भएको केन्द्रीय सभाको बैठकको निर्णय ढिलोगरी सोमबार सार्वजनिक गर्दै आगामी वैशाख ५ देखि ३१ गतेसम्मको दवावमूलक कार्यक्रम सार्वजनि गरेको छ । अध्यक्ष धनीराम चौधरीले थाकस र थरुहट थारुवान संयुक्त संघर्ष समितिको विज्ञप्ती एकसाथ जारी गर्नुभएको छ ।
आगामी वैशाख ५ देखि ३१ गतेसम्मको दवावमूलक कार्यक्रम सार्वजनि गरेको छ । अध्यक्ष धनीराम चौधरीले थाकस र थरुहट थारुवान संयुक्त संघर्ष समितिको विज्ञप्ती एकसाथ जारी गर्नुभएको छ ।
जारी आन्दोलनका कार्यक्रममा २०७४ वैशाख ८, १५, २२ र २९ गते ललितपुरको पुल्चोकस्थित यु.एन. कार्यालय अगाडि गएर हातमा कालोपट्टी बाँधी टुकी बाल्ने, प्लेकार्ड प्रदर्शन गर्ने, सोही दिन दिउँसो दुई देखि ३ बजेसम्म थरुहट जिल्लाका सबै जिल्ला प्रशासन, ईलाका प्रशासन, हाटबजार राजमार्ग, चोकमा कालोपट्टी बाँधी लालटिन, टुकी बाली प्रदर्शन गर्ने भनेको छ ।
केन्द्रीय अध्यक्ष धनीराम चौधरीकाअनुसार सरकारको कुनै पनि सरकारी कार्यक्रम केन्द्रदेखि स्थानीय निकायसम्म थारु नेता र कार्यकर्ताको सहभागीता नगराउने पनि बैठकले निर्णय गरेको छ । सरकारले आयोजना गरेको कार्यक्रममा असहयोग, अवज्ञा र वहिष्कार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, टीकापुर घटनाको दोसी देखाई पक्राउ गरिएका थारु राजबन्दीहरुलाई तत्काल रिहाई गर्न बैठकले माग गरेको छ । झुठा मुद्दाको खारेजी, क्षतिको क्षतिपूर्तिको माग गर्दै घटनाको न्यायिक छानविन गरी दोसीमाथि कारवाही गरिनुपर्ने माग बैठकले गरेको छ ।