काठमाडौं, चैत २३ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले साना दुई दललाई आफ्नो पार्टीमा बुधबार समाहित गरेपछि १७ सांसद सहित संसदको पाँचौ ठूलो दल बनेको छ । पार्टी एकीकरण कार्यक्रममा अध्यक्ष गच्छदारले अवहुने संसदीय निर्वाचनमा आफ्नो दल तेस्रो हुने दावी गरे ।
अब मंसिरमा हुने संसदको चुनावमार्फत आफू प्रधानमन्त्री बन्ने समेत अध्यक्ष गच्छदारले घोषणा गरेका छन् । जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाति पार्टीसँग बुधबार एकीकरणपछि आयोजित घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले प्रमुख तीन दलका नेताहरुको कडा आलोचना गरे । उनले अब वैकल्पिक शक्तिका रुपमा नेपालमा लोकतान्त्रिक फोरम उदाउने दाबी गरे ।
कांग्रेस र एमालेलाई पनि जित्ने लक्ष्य राखेर हामी गाउँ गाउँ जानुपर्छ, यसपटक हामी तेस्रो शक्ति हुन सक्छौं, गच्छदारले भने । माओवादीले तेस्रो शक्तिको हैसियत कायम राख्न गाह्रो हुने उनले बताए । राप्रपा एकीकरणसँगै फुटिसकेको छ, उसै पनि राप्रपा वैकल्पिक लोकतान्त्रिक शक्ति होइन, त्यसैले पनि हामी तेस्रो बन्न सक्छौं उनले भने ।
चुनाव कसरी जित्नुपर्छ भन्ने अनुभव र योजना आफूसँग रहेको भन्दै गच्छदारले अब फोरम लोकतान्त्रिक हिमाल, पहाड र तराई सबैतिरको साझा पार्टी भएको दावी गरे । अरु केही दलसँग पनि चाँडै एकीकरण हुने उनले बताए ।
चुनाव कसरी जित्नुपर्छ भन्ने अनुभव र योजना आफूसँग रहेको भन्दै गच्छदारले अब फोरम लोकतान्त्रिक हिमाल, पहाड र तराई सबैतिरको साझा पार्टी भएको दावी गरे । अरु केही दलसँग पनि चाँडै एकीकरण हुने उनले बताए ।
गच्छदारले भने अहिलेसम्मका सबै प्रधानमन्त्रीहरु असफल भए । ठूला दल असफल भइसकेका छन् । अब नेपाल लोकतान्त्रिक फोरमले सरकारको नेतृत्व गर्नेगरी चुनाव जित्नेछ ।
तपाईहरुले मलाई प्रधानमन्त्री बनाउने सपना देख्नुभएको छ, भगवानको कृपाले म अझै १०, १५ वर्ष सक्रिय राजनीतिमा हुनेछु । तपाईहरुको सपना र मेहनत सफल हुनेछ उनले भने ।
गच्छदारले तीनजना सांसदसहितका दुई पार्टीसँग एकीकरणगरे पछि उनको सांसद संख्या १७ पुगेकाले उनी संघीय समाजवादी फोरम नेपाललाई उछिनेका छन् । सो दलसँग १५ सांसद छन् ।