नेपालगञ्जको कार्यक्रममा थारु नृत्य तथा साहित्यिक रचनाको प्रभाव


नेपालगञ्ज, चैत २६ गते । नेपालगञ्जमा आयोजित कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम थारु संस्कृति तथा थारु मातृभाषाका कविता गजलमय भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तको अवसरमा चैत २५ देखि शुरुभएको दुई दिने बाङ्मय गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा थारु समुदायको सांस्कृतिक कार्यक्रम तथा मातृभाषाका कविता, गीत र गजल प्रस्तुत गरिएका छन् ।

कार्यक्रममा बाँके पेरारीका थारु गीतका हस्ताक्षर छेदाप्रसाद थारुले नाकरो झगडा लडाई बोलको गीतले हल गुञ्जयमान भएको थियो । उहाँले मातृभाषामै थारु डफु गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सोही कवि गोष्ठीमा साहित्यकार लक्की चौधरीले बन्दकरो दादागिरी बोलको मातृभाषाको कविता र गजल प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, साहित्यकार छविलाल कोपिला थारु, सोम डेमनडौराले पनि मातृभाषा र नेपाली भाषाका कविता प्रस्तुत गर्नुभएको थियो । कवि गोष्ठीमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मुक्तक प्रस्तुत गर्नुभएको थियो भने वरिष्ठ गजलकार बँुद रानाले पनि मुक्तक र गजल प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा जगत उपाध्याय, त्रिपुरा पौडेल, मनोहर लामिछाने, टीकाराम थापा, गोपाल अश्क, सुरेश सत्याल, विक्रम शीशीर, अब्दुल लतिफ शौक, मुस्ताफा असन, मणि शर्मा, टीकाराम उदासी, पुष्करनाथ रिजाल, पुष्पमान प्रधान, विष्णुलाल कुमाल, बलभद्र भारती, लक्ष्मी बस्यालसहित ५१ जना स्रष्टाले कविता, गजल, मुक्तक तथा गीत विधाका रचना प्रस्तुत गर्नुभएको थियो ।

शुक्रबारदेखि शुरुभएको सुदूर र मध्यपश्चिम स्तरीय साहित्यिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म काव्य विधाका कवि तथा गजल साँझको आयोजना गरिएको थियो । कार्यक्रममा थारुको हुरदंग्वा, अन्य समुदायको राष्ट्रियतामा ओतप्रोट प्रस्तुती गरिएको    थियो ।

तपाईको प्रतिक्रिया