काठमाडौं, चैत २८ गते । नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले सामाजिक सञ्जालमा आएकोजस्तो आफ्नो पार्टी विजयकुमार गच्छदार नेतृत्वको पार्टीसँग एकीकरणको कुनै प्रयास नगरेको दावी गर्नुभएको छ ।
सो पार्टीसँग आफ्नो माग, मुद्दा र विचार नमिल्ने हुनाले कुनै वार्ताको पहल पनि नगरिएको प्रष्ट पार्नुभयो । तर माग मुद्दा मिल्ने दलसँग तत्कालका लागि कार्यगत एकता गरेर जान भने आफूहरु तयारै रहेको उहाँको भनाई छ ।
हमार पहुरा डट कमसँग कुरागर्दै उहाँले भन्नुभयो, “पार्टी एकीकरण गर्ने सम्बन्धमा कुनै दलका नेतासँग अहिलेसम्म छलफल र वार्ता भएको छैन ।”
स्थानीय तहको निर्वाचनमा आफ्नो दलले कुनै दलसँग एकीकरण नगर्ने र निर्वाचनमा भाग पनि नलिने नेता लेखीले प्रष्ट पार्नुभयो । पछि प्रदेशको निर्वाचनमा आफ्नो दलको सहभागिता रहने र तत्कालका लागि क्षेत्रीय दलकै हैसियतमा भूमिका खेल्न आफूहरु तयार रहेको बताउनु भयो ।
थरुहटको पक्षमा आफ्नो दलको गतिविधि जारी रहेको र कार्यगत एकताका लागि पनि अन्य दलसँग सहकार्यको प्रयास भइरहेको संयोजक लेखीले बताउनुभयो । हमार पहुरा डट कमसँग कुरागर्दै उहाँले भन्नुभयो, “पार्टी एकीकरण गर्ने सम्बन्धमा कुनै दलका नेतासँग अहिलेसम्म छलफल र वार्ता भएको छैन ।”