मोर्चाको आन्दोलनः वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गर्ने


काठमाडौं, चैत ३० गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्तावलाई स्वीकार नगर्ने निर्णय गरेको  छ ।

नयाँ प्रस्तावबारे निर्णय गर्ने भनी बुधबार विहान बसेको मोर्चाको बैठकले नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाएको छ । बैठकले स्थानीय चुनावमा सहभागी नहुने निर्णय पनि गरेको छ ।

विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको हो ।

सरकारले यो विधेयक मोर्चासँगको समझदारीमा ल्याएको दाबी गरेपनि मधेसवादी दलका नेताहरुले त्यो कुरा अस्वीकार गरेका छन् । मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयकमा फरक देखिएको मोर्चाले ठहर गरिएको तमलोपा सहमहामन्त्री सुरेन्द्र झाले बताउनुभयो ।

मोर्चाको बैठकले चैत ३१ गते उपत्यकासहित मधेसी जिल्लामा मशाल जुलुश प्रदर्शन गर्ने र आगामी वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

तपाईको प्रतिक्रिया