लेखी नेतृत्वको पार्टी सदभावनासँग मिल्यो, ठूलै पद पाउने आशा


काठमाडौं, वैशाख ५ गते । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र थारु नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकता भएको छ ।

थारूहरूलाई मधेसीकरण गर्न खोजिएको भन्दै लेखीले थारु कल्याणकारी सभाको पदाधिकारीको हैसियतमा ठूलो विरोध गर्दैआएका थिए तर एकाएक मधेसी पार्टीमा समाहित भएपछि थारु अगुवाहरु पनि आश्चर्यमा परेका छन् । यसको पछाडिको राज के होला भन्ने आम जिज्ञासा    छ ।

तर नेता लेखीले पार्टी एकीकरणलाई थारु मधेसीको आत्मीय मिलनको संज्ञा दिएका छन् । यो मिलनको राज के हो भन्ने खुल्दैजाने छ । महतोले राष्ट्रियस्तरमा चिनिएको थारुनेता पार्टीमा भित्र्याउन पाएकोमा दंग छन् । यसकासाथै एमाले पृष्ठभूमिका नेताको अभाव पनि पूर्तिभएको छ लेखीको आगमनले ।

थारु कल्याणकारीसभाको रिमोट कन्ट्रोल बोकेर बसेका लेखीलाई पार्टीमा भित्र्याउदा राजेन्द्र महतोलाई थरुहट क्षेत्रमा संगठन बिस्तारका लागि निकै फाइदा हुने आँकलन होला नै । तर थरुहटमा लेखीको अवस्था के छ भन्ने थारु नेताहरुलाई जानकारी राखेकै होलान् । उसो त रेशम चौधरी पनि महतो पार्टीको उपाध्यक्ष छन् । तर टीकापुर घटनापछि उनी राजनीतिमा करिब निस्क्रिय छन् ।

राजेन्द्र महतोको पार्टीमा लेखीले महामन्त्री पाउने समझदारी भएको स्रोतले बताएको छ । लेखीसँग कति व्यक्ति र कत्रो संगठन आयो भन्ने भन्दा पनि थारु समुदायमा महतोको सम्पर्क बिस्तारका लागि यो एकता अर्थपूर्ण हुने आँकलन गरिएको छ ।

यसअघि मधेसी मोर्चा र विशेषगरि राजेन्द्र महताको विचारको लेखी प्रखर आलोचक थिए । उनले नाकाबन्दीकोबेला समेत खुलेर बिरोध गरेका थिए । आदिवासी जनजाति महासंघको अध्यक्ष भएका बेलापनि उनले थारुलाई मधेसीकरण गर्न खोजिएको भन्दै थरुहट अभियान नै चलाएका थिए ।

यसअघि मधेसी मोर्चा र विशेषगरि राजेन्द्र महताको विचारको लेखी प्रखर आलोचक थिए । उनले नाकाबन्दीकोबेला समेत खुलेर बिरोध गरेका थिए । आदिवासी जनजाति महासंघको अध्यक्ष भएका बेलापनि उनले थारुलाई मधेसीकरण गर्न खोजिएको भन्दै थरुहट अभियान नै चलाएका थिए ।

तर राजनीतिमा जे पनि हुन्छ भन्ने एउटा सन्देश लेखीले पार्टी एकीकरण गरेर पुनः दिएका छन् । बिगत केही समययता लेखीले एउटा राजनीतिक शक्ति खोजिरहेका थिए । उनलाई एमालेका केही नेताहरुलाई पूरानै घर फर्काउन नखोजेका पनि होइनन् । एमालेको केन्द्रीय विभागको सदस्यसम्म भइसकेका र एमालेबाटै जनजाति महासंघको अध्यक्ष बनेका लेखी एमालेका लागि आवश्यक पात्र थिए ।

उपेन्द्र यादव र बिजय गच्छदारबाहेक अन्य मधेसवादी दलहरुबीच एकताको शुरुवातकारुपमा महतो र लेखीबीचको एकतालाई लिनुपर्ने सद्भावनाका एक पदाधिकारीले बताए । अब मधेसका अन्य पार्टीबीच पनि धमाधम एकीकरण हुने उनको दाबी छ ।

तपाईको प्रतिक्रिया