गृहमन्त्रीको ट्वीटकाण्डः निर्वाचनका लागि मन्त्रालय सुतेको छैन


काठमाडौं, वैशाख ६ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो विवादास्पद ट्विटबारे प्रस्टिकरण दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पाँचदलको शीर्ष नेताको बैठकबाट बाहिरिनेक्रममा उनले प्रष्टिकरण दिने प्रयास गरेका हुन् ।

‘ट्विटका लागि टाइम हुन्छ भन्ने छैन, जतिखेर पनि गर्न सकिन्छ नि’ ठट्यउली शैलीमा उनले गृहमन्त्रालय रातभरि नसुतेको बताए। ‘गृह मन्त्रालय राति पनि सुत्दैन। मध्यरातमा ट्विट गर्नुको मतलब म जतिबेला पनि सक्रिय छु भन्ने हो’ उनले भने । ‘मध्यरातमा ट्विट गर्नुको कारण चाहिँ के हो ?’, सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले त्यसो जवाफ दिए ।

‘गृह मन्त्रालय राति पनि सुत्दैन। मध्यरातमा ट्विट गर्नुको मतलब म जतिबेला पनि सक्रिय छु भन्ने हो’ उनले भने ।

गृहमन्त्रीले सोमबार बिहान २ बजे ट्विट गर्दै निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त नरहेको उल्लेख गरेका थिए। उनले भनेका थिए, निर्वाचन आयोग र सुरक्षा प्रबन्ध पर्याप्त छैन। सफल निर्वाचनका लागि दलहरुबीच सम्वादमार्फत् राजनीतिक समाधान खोजिनुपर्छ।

उनको सो ट्विटले जनमानसमा निर्वाचनबारे द्वविधा बढाएको भन्दै निर्वाचन आयोगले गम्भीर आपत्ति जनाएको थियो। आयोगले भनेको थियो, ‘गृहमन्त्रीको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ।’

विवादमा परेपछि गृहमन्त्री निधिले निर्वाचन आयोगको तयारी र सुरक्षा प्रबन्ध गजब रहेको भन्दै अर्को ट्विट गरेका थिए। राजनीतिक सम्वादमार्फत् मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्ने उनले उल्लेख गरेका थिए।

तपाईको प्रतिक्रिया