सरकार सहमतिबाट पछि हटेकोभन्दै आन्दोलनमा फर्कने चेतावनी


काठमाडौं, वैशाख १४ गते । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले शनिबार गरेको सहमति उल्ट्याउँदै स्थानीय तहको संख्या तत्काल नथप्ने निर्णय गरेसँगै मोर्चा आक्रोशित बनेको छ।

सरकार र प्रमुख प्रतिपक्षी एमालेबीचभएको सहमतिपछि स्थानीय तहको संख्या बढाउने विषय उल्टिएपछि मोर्चा आवद्ध दलका नेताहरु आक्रोशित बन्दै पुनः आन्दोलनमा फर्कने चेतावनी दिएका छन् । मोर्चाले सरकार आफूहरूलाई धोका दिएको भन्दै फेरि आन्दोलनमा जाने चेतावनी दिएको हो ।

सत्ताघटक र एमालेबीच बुधबार सहमति भएपछि अवरूद्ध संसद खुलेको थियो । सो अघि सरकारले ११ जिल्लाको स्थानीय तहको संख्यामा बृद्धि गर्ने प्रस्ताव गरेको थियो । त्यसकालागि एक कार्यदल समेत गठन गरेको थियो ।

‘यसको परिणाम गम्भीर हुनेछ, सरकारले जिम्मेवारी लिनुपर्छ । सरकारले पूर्वसहमति तोडेको आरोप लगाउँदै उनले अब आन्दोलनमै फर्कनुको विकल्प नभएको बताए।

‘सरकारले हामीसँग गरेको भद्र सहमति तोडेको छ,’ राजपा नेता राजेन्द्र महतोले भने, ‘अब यसको परिणाम गम्भीर हुनेछ।’ राज्य पक्षबाट जनसंख्याको अनुपातमा स्थानीय तह बढाउने सम्झौता गरिसकेको भन्दै महतोले सहमति लागू हुन नपाउँदै सरकार पछि हटेकोभन्दै आक्रोश व्यक्त  गरे ।

उनले भने, ‘यसको परिणाम गम्भीर हुनेछ, सरकारले जिम्मेवारी लिनुपर्छ । सरकारले पूर्वसहमति तोडेको आरोप लगाउँदै उनले अब आन्दोलनमै फर्कनुको विकल्प नभएको बताए।

‘सरकारले नै हामीसँग भद्र सहमति गरेको हो, त्यसैको विश्वासमा हामीले आन्दोलनका कार्यक्रम स्थगन घोषणा गरेका थियौं, तर अब पुनः आन्दोलनमा फर्कने भएपछि यसअघिको घोषित आन्दोलनको कार्यक्रमले निरन्तरता पाउँछ, महतोले भने । मोर्चाले वैशाख १६ देखि अनिश्चितकालिन आमहडतालको घोषणा यसअघि गरेको थियो ।

तपाईको प्रतिक्रिया