‘पत्रकारिताले पहिचान दिएको छ, सहायक व्यवसायले रोजीरोटी’


लक्की चौधरी
इनरुवा, वैशाख १४ गते । इटहरिमा विहानको खाना खाइरहेको थिएँ, इनरुवा (सुनसरी) बाट कुलदीप चौधरीले मोबाइल घण्टी बजाए । ‘हेल्लो !’ गर्न पाएको थिएन, घरमा खाजाखाने निमन्त्रणा आइहाल्यो । आधा घण्टापछि उनको पसलमा पुग्दा चौधरी भेटेनरीको औषधि दिंदै विहान–साँझ दुई पटक खुवाउनु भन्दै ग्राहकलाई औषधि थमाउँदै भेटिए ।

थारु पत्रकार संघ सुनसरी शाखाका अध्यक्ष रहेका चौधरी जहान परिवार पाल्न सहायक व्यवसाय चलाउनु परेको बताए । अध्यक्ष चौधरी पत्रकारिताको काम सकाएर बाँकी समयमा भेटेनरीका औषधिहरु बेच्छन् । इनरुवा–३, सुधारटोलमा रहेको आफ्नै घरमा चौधरीले भुइँतलामा भेटेनरीसम्बन्धी थोक तथा खुद्रा औषधि पसल सञ्चालनमा ल्याएका छन् ।

“पत्रकारिता पेशाबाट मात्र जहान परिवारको गुजारा नचल्नेभएपछि सहायक पेशा अपनाएको हुँ”, अध्यक्ष चौधरीले भने । यसको अलावा सहायक पेशामा नाटक लेख्ने र खेल्ने काम पनि गरेको बताउँछन्, चौधरी । त्यससँगै म्यूजिक भिडियो निर्माण गर्ने, गीती क्यासेटहरु प्रोडक्सन गर्नेमा पनि अध्यक्ष चौधरी दख्खल राख्छन् ।

“पत्रकारिताले मेरो परिचय बनाएको हो, तर अन्य पेशाले घरको गुजारा चलाएको छ” भन्दै अध्यक्ष चौधरीले सबै पेशालाई संँगसँगै लग्न सकेकोमा खुशी व्यक्त गर्छन् ।

“पत्रकारिता पेशाभन्दा छुट्टै व्यवसायबाट राम्रो कमाई हुन्छ र परिवार जहानको गुजारा गर्छ तर मूल पेशा पत्रकारितालाई नै बनाएको छुँ” चौधरीले भने । पपुलर एफ.एम., झुम्का एफ.एम.मा थारु, मैथिलि र नेपाली भाषाको कार्याक्रम सञ्चालन गर्दैआएका चौधरी छापाको पपुलर न्यूज साप्ताहिकमा पनि लेख्ने गर्छन् । त्यससँगै अनलाईन न्यूज पोर्टल, हमार पहुरा डट कम, थरुहट डट कम मा पनि फाट्टफुट्ट समाचारहरु पठाउने गर्छन् ।

“पत्रकारिताले मेरो परिचय बनाएको हो, तर अन्य पेशाले घरको गुजारा चलाएको छ” भन्दै अध्यक्ष चौधरीले सबै पेशालाई संँगसँगै लग्न सकेकोमा खुशी व्यक्त गर्छन् । श्रीमान श्रीमती, दुई बच्चा सहित चारजनाको परिवारको गुजारा गर्न सहायक पेशा नै बरदान सावित भएको चौधरीको तर्क छ । चौधरी भेटेरिनरी सप्लायर्स औषधि पेशा अंगालेको करिब २० वर्ष भएको बताउँछन् ।

पचासहजार रुपियाँबाट व्यवसाय शुरुगरेका चौधरीको व्यवसाय फष्टाएर अहिले लाखौंमा भएको छ । पत्रकारिता पेशाबाट बचेको समयलाई अन्य पेशा व्यवसायमा लगाउने गरेको चौधरीले बताए । पत्रकार चौधरीले लेखेका नाटकहरु ‘बरेलीवाली’ पूर्वाञ्चल र भारतीय बजारमा निकै चर्चामा छ ।

नाटक लेख्ने र मञ्चन गर्नेकाम आफै गर्नसक्ने क्षमता राख्ने चौधरीको यही बहुप्रतिभाले परिवारका लागि राम्रो सन्तुष्टिको विषय बनेको छ । चौधरी केही महिनाभित्र इनरुवाबाट आफ्नै लगानीमा जितिया साप्ताहिक प्रकाशन गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया