वैशाख ३१ गते तीन प्रदेशको ३४ जिल्लामा विदाको प्रस्ताव


काठमाडौं, वैशाख २० गते । निर्वाचन आयोगले वैैशाख ३१ गते आइतबार सार्वजनिक विदा दिन सरकारसमक्ष प्रस्ताव गरेको छ ।  स्थानीय तहको चुनाव हुने ३ प्रदेशका ३४ जिल्लामा सो दिन सार्वजनिक विदा दिने प्रस्ताव आयोगले सरकारलाई गरेको हो ।

त्यस्तै, सम्पूर्ण सरकारी तथा निजी शैक्षिक संस्थाहरु वैशाख २५ देखि ३१ गतेसम्म विदा दिन पनि आयोगले सरकारलाई प्रस्ताव गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

तीन प्रदेशका ३४ जिल्लामा २ सय ८३ स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदैछ । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ ।

तपाईको प्रतिक्रिया