चौधरी भन्छन् ‘युवा पत्रकारका लागि ब्रोडकास्टिङ प्रा.लि. खोलें’


चितवन, जेठ २० गते । चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ्ग मिडिया प्रा. लि. सञ्चालनमा ल्याउनुभएको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा रहेको फेवा विकास बैंक सँगैको भवनमा उहाँले त्यस मिडिया प्रा.लि.को अफिस भर्खरै सञ्चालन गर्नुभएको हो ।

पूर्वी चितवनका पत्रकारहरुको आग्रह बमोजिम उहाँले भरतपुरमा कार्यालय स्थापना गरेको बताउनुभएको छ । कार्यालयबाटै टेलिभिजन कार्यक्रमहरु उत्पादन, इडिटिङ्ग, मिक्सिङ्गजस्ता कामहरु उहाँले गर्दैआउनुभएको छ । पत्रकार चौधरी मुकुन्दसेन टेलिभिजनमा स्टेशन मेनेजर र जनता टेलिभिजनको चितवन ब्युरो प्रमुखको रुपमा पनि जिम्मेवारी निभाइरहनुभएको छ ।

“म एक्लो ज्यान त जहाँ पनि काम पाउन सक्छु तर अहिलेसम्मको अनुभव आफ्नो लागि मात्र प्रयोग नगरी अन्य युवाहरुका लागि पनि केहि गर्ने प्लेटफर्म बनाउने प्रयास गरेको हुँ ।”

स्थानीय टेलिभिजन तथा पत्रपत्रिकाहरुमा समेत काम गरेको राम्रो अनुभव बटुल्नुभएका चौधरी पन्ध्र वर्ष अगाडि चितवनको पारदर्शी दैनिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । चौधरी आफ्नै प्रकाशनमा नारायणी सेरोफेरो साप्ताहिक पत्रिकाको प्रधान सम्पादक भएर पनि काम गर्नुभयो ।

मिडिया क्षेत्रमा रुचि राख्ने तथा केहि गर्न चाहने युवाहरुलाई सहयोग गर्नका लागि आफ्नै लगानीमा प्राइम ब्रोडकास्टीङ मिडिया प्रालि सञ्चालनमा ल्याएको चौधरीको भनाई छ ।

निकट भविष्यमा टेलिभिजन, एफ एम, अनलाइन मिडिया सञ्चालन लगायत पत्रपत्रिका प्रकाशन गर्ने उद्देश्यले कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरेर संचारक्षेत्रलाई व्यवसायीक बनाउने अभियानमा लागेको चौधरीले बताउनुभयो । प्राइम ब्रोडकास्टिङ्ग मिडिया प्रा.लि.का लागि पत्रकार चौधरी हाल ठूला लगानीकर्ताको खोजीमा हुनुहुन्छ ।

“म एक्लो ज्यान त जहाँ पनि काम पाउन सक्छु तर अहिलेसम्मको अनुभव आफ्नो लागि मात्र प्रयोग नगरी अन्य युवाहरुका लागि पनि केहि गर्ने प्लेटफर्म बनाउने प्रयास गरेको हुँ ।”

तपाईको प्रतिक्रिया