भरतपुरको पुनः मतदान तत्काल नगराउन सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं, जेठ २२ गते । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचनसम्बन्धी कार्यक्रम हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशले उक्त आदेश दिएको हो । सर्वोच्चले छलफलका लागि वादी र प्रतिवादी दुवै पक्षलाई पर्सी बोलाएको छ ।

सर्वोच्चको आजको आदेशपछि वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय अहिलेलार्इ कार्यान्वयन गर्न नमिल्ने भएको छ । सर्वोच्चले पुनः मतदान वा मतगणना सुचारू दुवै हाललार्इ नगर्न आदेश दिएको छ ।

सर्वोच्चको आजको आदेशपछि वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय अहिलेलार्इ कार्यान्वयन गर्न नमिल्ने भएको छ । सर्वोच्चले पुनः मतदान वा मतगणना सुचारू दुवै हाललार्इ नगर्न आदेश दिएको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरी गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । भरतपुर महानगरका १९ नम्बर वडाका नेकपा एमालेका सदस्यका उमेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दर्ता गराएका थिए ।

आयोगको निर्णय गैरसंवैधानिक, पूर्वाग्रहपूर्ण रहेको रिटमा उल्लेख छ । हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको दाबी रिटमा गरिएको छ ।

निर्वाचन आयोगले शनिबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । एमालेले त्यसको विरोध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया