काठमाडौँ, जेठ २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
नवगठित मन्त्रिपरिषदमा विजयकुमार गच्छदार (उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास), कृष्णबहादुर महरा (उपप्रधानमन्त्रीसहित परराष्ट्र) र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, प्रधानमन्त्रीले अर्थमन्त्रालयको कार्यभार ज्ञानेन्द्रबहादुर कार्कीलाई, गृहको जनार्दन शर्मा प्रभाकर र श्रम तथा रोजगारको जिम्मेवारी फरमुल्हा मन्सुरले जिम्मेवारी पाउनुभएको छ । त्यसैगरी प्रभु साह बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।