काठमाडौं, जेठ २४ गते । प्रायः सधैंझैं यसपाली पनि विजयकुमार गच्छदार मन्त्रीपरिषदमा राम्रो स्थान पाएका छन् । शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्री पछि दोस्रो स्थानमा रहेका गच्छदार एकबेला देउवाका विश्वासपात्र नै थिए ।
लामो समय काँग्रेसको राजनीति गरेका गच्छदार देउवाले २०५९ सालमा पार्टी विभाजन गरी काँग्रेस प्रजातान्त्रिक गठन गर्दा महामन्त्रीको हैसियतमा थिए गच्छदार। तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकार बर्खास्त गर्नुअघि उनी जलस्रोत मन्त्री थिए। गच्छदार यसअघि रक्षा, गृह, भौतिक योजना एवं जलस्रोत मन्त्री भइसकेका छन्।
सुनसरीको दुहबी आसपासलाई राजनीतिक आधार क्षेत्र मानेर राजनीति गरिरहेका गच्छदारलाई धेरैले नेपाली राजनीतिको क्याट्लिष्ट मान्छन् । अर्थात् दलका नेताहरुलाई भत्काउनेभन्दा जोड्ने भूमिकामा बढी हुन्छन् उनी ।
२०६२, ०६३ को जनआन्दोलनपछि पनि उनी सधैँजसो मन्त्री हुँदै आएका छन्। माधवकुमार नेपाल सरकारका उपप्रधानमन्त्री गच्छदार बाबुराम भट्टराई मन्त्रिपरिषदमा पनि उपप्रधानमन्त्रीकै हैसियत पाउन सफल भए।
ओलीदेखि देउवासम्मका तीनवटा मन्त्रिपरिषद परिवर्तन हुँदा पनि उनको ुपोर्टफोलियो उस्तै छ, उपप्रधानमन्त्री। अझ देउवाले उनलाई यसपटक आफूभन्दा ठ्याक्कै तल अर्थात् मन्त्रीहरुको बरियताक्रममा बरिष्ठको हैसियत दिएपछि उनी दंग नहुने कुरै भएन ।
सुनसरीको दुहबी आसपासलाई राजनीतिक आधार क्षेत्र मानेर राजनीति गरिरहेका गच्छदारलाई धेरैले नेपाली राजनीतिको क्याट्लिष्ट मान्छन् । अर्थात् दलका नेताहरुलाई भत्काउनेभन्दा जोड्ने भूमिकामा बढी हुन्छन् उनी ।
त्यही विशेष खुबीका कारण उनी सधैँ सत्तारुढ हुन सफल हुँदैआएका पनि छन् । उनको यस कार्यकाल सफल रहोस् हमार पहुरा डट कमको शुभकामना छ ।