
सन्तकुमार चौधरी
चितवन, जेठ २५ गते । लुटपाटपछि गोली हानेर हत्या गरिएको विषयमा प्रहरी प्रशासनलाई गम्भिर हुन थारु कल्याणकारिणी सभा चितवनले आग्रह गरेको छ ।
जिल्ला सभापति विश्राम महतोको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको टोलीले घटनापछि भइरहेको अनुसन्धानको बारेमा जानकारी लिएको थियो । टोलीले गोलीकाण्डपछि उत्पन्न समस्यालाई गम्भिर भएर लिन प्रहरी प्रशासनलाई आग्रह गरेको हो ।
प्रहरीले भने दुईतीन दिन भित्रमा प्रमाणसहित घटनामा संलग्न भएकाहरुलाई सार्वजनिक गरिने आश्वासन दिएको छ। चितवनका प्रहरी प्रमुख दीपक थापाले घटना रहस्यमय भएकाले थप अनुसन्धानकालागि दुईतीन दिन अझै समय लाग्ने बताउनुभयो ।
गोली हान्नेलाई प्रहरीले पक्राउ गरिसकेको संकेत गर्दै प्रहरी प्रमुख थापाले घटनासँग अन्य केही जोडिएको आशंका भएकाले थप अनुसन्धानका लागि दुईतीन दिन लाग्ने बताउनुभयो । अनुसन्धानसँगै अपराधिलाई प्रमाणसहित सार्वजनिक गरिने उहाँको प्रतिवद्धता छ ।
चितवनका प्रहरी प्रमुख दीपक थापाले घटना रहस्यमय भएकाले थप अनुसन्धानकालागि दुईतीन दिन अझै समय लाग्ने बताउनुभयो ।
यता थारुहरुको छातासंगठन थारु कल्याणकारिणी सभाले घटनालाई प्रहरी प्रशासनले सामान्यरुपले लिएको भन्दै दवाव दिने तयारी गरेको छ । थारुकल्याणकारिणी सभा चितवनले क्षेत्र नं. २ का क्षेत्रीय सभापति बाबुराम महतोको संयोजकत्वमा दवाव समिति समेत गठन गरेको छ ।
घटनाभएको तीनसाता बितिसक्दापनि अपराधिलाई सार्वजनिक गर्न नसकेको भन्दै थारुकल्याणकारिणी सभाले दवाव दिने तयारी गरेको हो । प्रहरीले माग गरेको समय अवधिमा पनि अपराधिलाई सार्वजनिक नगरे सभाले सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सिंगो मूलुक निर्वाचनमय भएकाबेला जेठ ४ गते विहीवार पश्चिम चितवन शुक्रनगर स्थित भरतपुर महानगरपालिकाको वडा नं. २५ चितहीमा मध्येरातमा लुटपाट पछि गोली हानेर स्थानीय गंगासागर महतोको हत्या गरिएको थियो ।
गंगासागर महतोको हत्यासँगै उनको आमा सउनी महतो र बैनिलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । महतोको उपचारको क्रममा मृत्युभएको थियो भने आमा सउनी महतो र बैनिको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कसरी भयो घटना?
सिंगो मूलुक निर्वाचनको घेरामा बाधिएको बेला जेठ ४ गते विहीवार पश्चिम चितवन शुक्रनगर स्थित भरतपुर महानगरपालिकाको वडा नं. २५ चितहीमा मध्येरातमा गोली चल्यो । त्यतिबेला चितवनको सुरक्षा संयन्त्र सबै मतगणना स्थलहरुमा परिचालन भएका थिए ।
जिल्लाभर शान्तपूर्ण वातावरणमा मतगणना जारी थियो । विहान करिब ११ बजे एकजना व्यक्तिमार्फत पश्चिम चितवनमा गोली चलेको खबर पाए । स्रोत विश्वासीलो लागेन । घटनाको भेरिफाई गर्न चितवनका प्रहरी प्रमुख एसपी दीपक थापालाई फोन गरे । कोल्लाहल निकै थियो । उहाँले मेरो आवाज प्रष्ट सुन्न सक्नुभएन । मैले उहाँको आवाज पनि प्रष्ट सुन्न सकिन् । गोली चलेको समाचार अनलाईनहरुमा खोजें कतै भेटिन् ।
सामाजिक संजालमा आंखा डुलाए । कतै भेटिन । होइन, होला जस्तो लाग्यो । दिउँसो ३, ४ बजे न्यूज २४ टिभीको अनलाईन न्यूजमा पश्चिम चितवनमा गोलि चल्यो शिर्षकमा हेडलाईन मात्रै भेटें ।
फोटो गुगलको प्रयोग भएको रहेछ । फेरि प्रहरीलाई सम्पर्क गरें । प्रहरीले घटनाको विस्तृत जानकारी आइ नसकेको जानकारी दियो । तर लुटपाटको क्रममा एकजना गोली लागेर घाइते भएको जानकारी पाएँ । सूचना पुरै पाउन मलाई समय लाग्ने भयो । त्यति बेला म कालिका नगरपालिकाको मतगणनास्थलमा थिएँ । मत गणनाको मतपरिणाम टेलिभिजनमा पटक पटक लाईभ गर्नुपर्ने भएकोले मतगणना स्थल छाडेर त्यसतर्फ हुँइकिन पनि सकिन ।
मकैबारीमा मदिरा सेवन गरेर लुटपाटका योजना बनाएको हुनसक्ने अनुमान गरिएपनि यसै भन्न सकिने अवस्था छैन् ।
पछि थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो घटनास्थल तर्फ गए । एकान्तमा एउटा मात्रै पक्की घर छ । घरको पछाडी मकै बारी छ । मकैबारीको बीचमा पाँचवटा विएरका वोतल र केही चाउचाउका खोलहरु भेटिएका थिए । मकैबारीमा मदिरा सेवन गरेर लुटपाटका योजना बनाएको हुनसक्ने अनुमान गरिएपनि यसै भन्न सकिने अवस्था छैन् । जेठ ४ गते खाना खाएर सबै परिवार सुत्ने तरखरमा थिए ।
रातको झण्डै ११ बजिसकेको थियो । एक्कासी घरमाथि आवाज सुनियो । के को आवाज आयो ? गंगासागरकी बहिनी हेर्न भ¥याङ चढिन् । त्यतिबेलासम्म लुटेराहरुले भ¥याङ छोप्ने छतको ढोका हम्मर र पिलासले फोरिसेका रहेछन् । गंगासागरकी बैनिले को हो ? भन्न नपाउँदै उनलाई हम्मर र पिलासले कुटे । उनी कराईन । के भयो, लडिन कि भन्दै ओच्छ्यानबाटै दौडिदै आमा सउनी महतो भ¥याङ चढिन् ।
बैनिलाई कुटपिट गर्दैगरेका लुटेराहरुले भ¥याङमै आमालाई पनि समातेर कुटन थाले। लुटेराहरु घरभित्र तीनजना छिरेका थिए । उनीहरुले दुवैजनालाई कुट्दै भ¥याङवाट तल घरमा लगे । त्यहि दिन घरमा एकजना गाउँकै नातापर्ने हजुर बा आउनुभएको रहेछ । उहाँको घाँटीमा खुकरी राखेर तर्साए । छोरा गंगासागर महतो पनि घरमै थिए । उनलाईपनि लुटेराहरुले कुटे ।
घरका सबै दराज, पलङ लगायत भए भरका ठाउँमा तलासी गरे । घरमा राखिएको झण्डै २ लाख नगद रुपैयाँसहित गरगहना सबै लगे । गंगासागरको श्रीमतिले कानमा लगाएको गहना पनि ताने । त्यतिबेला सम्म गंगासागर महतोको बैनि र आमा बेहोस भइसकेका थिए । झण्डै आधाघण्टा भन्दाबढी समय लगाएर फिल्मि शैलीमा लुटे । श्रीमतिको कान र घाँटीमा लगाएका गहना तान्ने बेला लछार पछार चल्यो । गंगा सागरले लुटेराहरुसँग प्रतिकार गर्न खोजे ।
त्यहिबेला लुटेराहरुले गंगासागर महतोमाथी गोली चलाएर भागे । उनीहरुले चलाएकोे गोली गंगा सागरको देब्रे कन्चटमा लाग्यो । घरमा रगतै रगत भयो । निकै रुवावासी चल्यो । केही गाउँलेहरु पनि जम्मा भए । प्रहरी बोलाइयो । उनीहरुको घरदेखि लगभग १ किलोमिटरकै दुरीमा प्रहरी चौकी छ । तर प्रहरी समयमा आइपुगेनन् । गोली लागेका गंगासागर महतोसहित आमा सउनी महतो र बैनिलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज लगियो ।
देब्रे कन्चटबाट छिरेको गोली दाहीने कन्चटसम्म पुगेको अवस्थामा चिकित्सकले सल्याक्रिया गरेर निकाले । गंगासागरको उपचारकै क्रममा मृत्युभयो । बैनि र आमाको केहीदिनको स्वास्थ्य उपचारपछि घर फर्कीए । यो घटना भएको आज तीन साता पुग्यो । तर प्रहरीले अझै घटनाको प्रतिवेदन सार्वजनिक गरेको छैन् ।
घटनामा संलग्न रहेको आशंकामा सातजनालाई पक्राउ गरेको थियो । ती मध्ये पाँचजनालाई तारेखमा छाडेर फेरिपनि हिरासतमा लिएको छ । तर घटनासँग जोडिएका कयौं रहस्यमय कुराहरु गोप्य राखिएका छन् । अपराधिको पहिचान गरेर कानुनी कार्वाही गर्नुपर्ने मागगर्दै पीडित परिवार प्रहरी प्रशासनसम्म कयौं पटक पुगे । तर आश्वासन बाहेक अन्य उपलव्धी पाउन सकेका छैनन् ।
यो विषयमा प्रहरी गम्भिर भएर लागेको प्रतिकृया दिएपनि अपराधिलाई सार्वजनिक गर्न गरिरहेको ढिलाईले प्रहरी प्रशासनको कामप्रति आलोचना बढ्दै गएको छ ।
निर्वाचनको चटारो चलिरहेका बेला लुटपाटको नाममा भएको यत्रो जघन्य अपराधको विषयले खासै प्राथमिकता पाएन । संचारमाध्यमले पनि यो विषयलाई खासै महत्व दिएनन् ।
निर्वाचन केन्द्रीत सुरक्षा योजनाले गाउँमा बसेका एकजना मतदाताको परिवारलाई सुरक्षा दिन सकेन । राजनीतिक दलहरु यो विषयमा मुख खोल्दैनन् । जातिय संघ संस्थाहरुपनि सत्ता बाडिँचुडिकै भोज भतेरमा व्यस्त छन् । यस्तो अवस्थामा गाउँमा बसेर दैनिकी गुजारा चलाउने गंगा सागरको परिवारले अपराधिहरुलाई कानुनी कावार्ही भएको देख्न र सुन्न पाउला ?
तस्विरः कारी महतो




