७५ वर्षिय नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको निधन


दृष्यन्त चौधरी
कलैया (बारा), जेठ २७ गते । बारा नागरीक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको कलैयास्थित आफनै निवासमा शुक्रबार निधन भएको   छ ।

अध्यक्ष चौधरी विगत चार महिनादेखि फोक्सोको क्यान्सबाट पीडित हुनुहुन्थ्यो । ७५ वर्षको उमेरमा उहाँको निधन भएको उहाँका जेठा छोरा अजयप्रसाद चौधरीले जानकारी दिनुभयो ।

चौधरीले निजामतीको कर्मचारीबाट अवकास प्राप्त गरी सकेपछि २०६३ सालदेखि बारा नागरिक समाजका अध्यक्षका रुपमा कामकाज गर्दै आउनुभएको थियो । चौधरीको जन्म विक्रमसम्बत १९९९ सालमा भएका थियो । चौधरीले नियमित सेवामा ३८ वर्ष कामकाज गर्नुभएको थियो ।

यसैगरी निर्धन उत्थान बैंक लि. मा कार्यरत खोपवा गा.वि.स. ६ (हाल बारागढी गाँउपालिका ३) खोपवा केन्द्रका हेमन्ती देवी चौधरीको पनि निधन भएको छ । उहाँको श्रीमान् उमाशंकर चौधरीलाई सो बैंकले काजक्रिया गर्नका लागि एक लाख एकाउन हजार आठसय रुपैया उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया