थारु पत्रकारका लागि रेडियो उदघोषण तालिम, ३५ सहभागी


कुलदिप चौधरी

सुनसरी, असार ३ गते । थारु पत्रकार संघ नेपालको आयोजनामा सुनसरी जिल्लाको झुम्कामा ३ दिने  रेडियो उदधोषण तालिम शुरुभएको   छ । तालिम सोमबारसम्म चल्ने छ ।

थारु पत्रकारको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा ३५ जनाको सहभागिता रहेको संघ सुनसरीले जनाएको छ । तालिममा पत्रकार कुलदीप चौधरी, एल.एन. गच्छदार, धिरेन्द्र चौधरी र सुनील चौधरीले प्रशिक्षण दिइरहनुभएको छ ।

तालिम सोमबारसम्म चल्नेछ । तालिममा सीता चौधरी, आशा चौधरी, सनम चौधरी, ग्यानिसा चौधरी, ललिता चौधरी, भारती चौधरी, चिना खवास, अनिता चौधरी लगायतको सहभागिता रहेको संघका सचिव सुनिल चौधरीले बताउनुभयो । तालिममा केही रेडियोका पत्रकार तथा नयाँ प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा रामराज चौधरी, हर्षलाल चौधरी, सीता थरुनी चौधरी, कुलदीप चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रमको दोस्रो दिन शनिबार तालिमका क्रममा थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीका बुवा टीकाराम चौधरीको असमायिक निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । जिल्ला अध्यक्ष कुलदीप चौधरीकाअनुसार एक मिनेट मौनधारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया