पत्रकार सर्वहारीलाई पितृशोक


छविलाल कोपिला
लमही, असार ४ गते । साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ । उहाँको बुवा टिकाराम चौधरीको ६४ बर्षको उमेरमा शुक्रवार निधन भएको हो ।

२०१० कार्तिक १२ गते हालको लमही नपा–४, छुटकी घुम्ना, देउखुरीमा जन्मनुभएको उहाँलाई मुटु र दमको समस्या थियो । लामो समय शिक्षक तथा फरेस्टरको जागिरमा रहेका टिकाराम चौधरी पछिल्लो अवधिमा समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । थारु कल्याणकारिणी सभा (थाकस) को ३ कार्यकाल जिल्ला सचिव रहेका उहाँ हाल थाकस क्षेत्रीय समिति देउखुरीको सल्लाहकार हुनुहुन्थ्यो ।

महेन्द्र बहुमुखी क्याम्पस दाङमा कुनैबेला जेठा छोरा ऋषिराज चौधरीसंग स्नातक अध्ययन संगसंगै गरेर चौधरी चर्चामा हुनुहुन्थ्यो । उहाँ थारु लोकगीत गायन, संकलनमा पनि उत्तिकै रुचि राख्नु हुन्थ्यो । चौधरीका ३ छोरा, एक छोरी र धर्मपत्नी छन् ।

तपाईको प्रतिक्रिया