
धनगढी, असार ५ गते । आइतबार पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सुनिता चौधरी सोमबार प्रहरी हिरासतबाट रिहाई हुनुभएको छ ।
धनगढी, असार ५ गते । आइतबार पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सुनिता चौधरी सोमबार प्रहरी हिरासतबाट रिहाई हुनुभएको छ । कैलालीको कैलारी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि पक्राउ पर्नुभएका चौधरीहरुलाई सोमबार राजपाका जिल्ला संयोजक जयदेव चौधरीको रोहवरमा जिल्ला प्रहरी कार्यालय कैलालीले रिहाई गरेको हो ।
प्रहरीले सम्झाई बुझाई चौधरी दुवैलाई रिहाई गरेको बताएको छ । पार्टीको नीतिअनुसार विरोध गर्ने क्रममा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेकाले पक्राउ परेको फोनिराम चौधरीले हमार पहुरा डट कमलाई बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आग्रहमा सुरक्षाकर्मीले सोमबार आफूहरुलाई रिहाई गरेको चौधरीले बताउनुभयो । सो अवसरमा सांसद मिना चौधरीसहित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो ।




