दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानमा जित्छः नेपाल


लक्की चौधरी

धनगढी, असार ११ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने दावी गर्नुभएको छ । पार्टीको आन्तरिक मूल्याङ्कनका आधारमा सो आँकडा आएको उहाँको भनाई छ ।

“दुनियाँले के भन्छ, त्योसँग हाम्रो सरोकार रहेन, हामी के गर्दैछौं त्यो हामी जान्दछौं” भन्दै नेता नेपालले मधेसमा पनि एमाले नै पहिलो शक्ति हुने बताउनुभयो ।

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले त्यस्तो दावी गर्नुभयो । पहिलो चरणमा ४६ प्रतिशत सिटमा विजयी गरेको एमालेले दोस्रोमा तुलनात्मकरुपमा संख्या बढाउने दावी नेता नेपालको छ । प्रदेश नं. १, ५ र ७ मा हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा एमालेको पक्षमा जनलहर आएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पहिलो चरणको निर्वाचनकोजस्तो दोस्रोचरणको निर्वाचनमा एमालेको जित संख्या घट्ने सत्तापक्षका नेताहरुले आँकलन बाहिर आइरहेकाबेला नेता नेपालले सो आँकडा दावी गर्नुभयो । “दुनियाँले के भन्छ, त्योसँग हाम्रो सरोकार रहेन, हामी के गर्दैछौं त्यो हामी जान्दछौं” भन्दै नेता नेपालले मधेसमा पनि एमाले नै पहिलो शक्ति हुने बताउनुभयो ।

“आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ, व्यवस्थापिका संसदको म्याद बढाउने कल्पनासमेत एमालेले गरेको छैन ।”

निर्वाचनजस्तो संवेदनशील विषयमा सत्तापक्षीदल नेपाली कांग्रेस र माओवादी केन्द्रले खेलाँची गरेर जनताले दुःख पाएको स्मरण गर्दै नेता नेपालले भन्नुभयो, “निर्वाचनजस्तो महत्वपूर्ण विषयलाई विरालोले मुसा खेलाएझैं गरेर मतदातालाई दुःख दिने काम सत्तापक्षी दलले गरे ।” वर्तमान सत्तावादी दलहरु विदेशीसामु लम्पसार भएको आरोप लगाउँदै उहाँले देशभक्तिपूर्ण भावना, राष्ट्रियता र विकासमा चासो नदेखिएको नेपालले भन्नुभयो, “आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ, व्यवस्थापिका संसदको म्याद बढाउने कल्पनासमेत एमालेले गरेको छैन ।”

सो अवसरमा पत्रकारले प्रमुख तीन दलको मिलेमतोमा संसदको म्याद बढाउने आन्तरिक अभ्यास भइरहेको जिज्ञासा राख्नुभएको थियो । एक अर्को प्रसंगमा नेता नेपालले मधेसी नेताहरुले उठाइरहेको संविधान संशोधनको माग पनि मधेसी जनताको नरहेको टिप्पणी गर्नुभयो । “यो माग बाहिरबाट आएको माग हो, म पनि मधेसको भूमिपुत्र हँु, खै त्यस्तो माग मधेसी जनताले गरेको सुनेको छैन” उहाँले भन्नुभयो । देशलाई अहित हुनेखालको माग पूरागर्न एमालेले संविधान संशोधन हुन नदिने उहाँले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया