हमार पहुरा नेपाली थारुभाषाको अनलाईन खबरले मिति २०७४ जेठ २७ गते शनिबार माओवादी प्रमुख सचेतकले गाडीचालक लाई तलव दिएनन् भन्ने समाचार पढ्न पाइयो । सो समाचारको तथ्य बंग्याइएको म खकेन्द्र शाही र राजकुमार पुन माननीय टेकबहादुर बस्नेतको सवारीचालकमा दुबै जनाले १, १ माहिना मा आलोपालो गरी चालाउने हामी दुईवीच आन्तरिक सहमति भएको थियो । यो विषय प्रमुख सचेतकसँग सम्बंधित थिएन। तलब सहमतीअनुसार बुझ्ने गरेका थियौं।
राजकुमार जी ले बैशाख र जेठ को तलब नपाए को भन्नू भएको छ बैशाख महिना को तलब मेरो हो र मैले बुझी पनि सकेको छु र जेठ महिनाको आधा तलब लिएर राजकुमार जी गएको कुरा पनि मलाई जानकारी छ। साथै माननीयज्यु ले पट्क पट्क पैसा लिनुहोस भन्दा पनि नलिई गाडिको सांचो लिएर भागेको कुरा मलाई राम्रोसंग जानकारी छ। यस्तो स्पष्ट हिसाब हुदाहुँदै राजकुमारजीले एउटा नैतिकवान, इमान्दार र जिम्मेवार नेताप्रति गरिएको आरोपपूर्ण समाचरप्रति म आपत्ति जनाउँदछु । राज्यको स्रोतसांधनप्रति गरिएको लापरवाही नभएर राजकुमार पुनको आफ्नै कमजोरी हो भन्न चाहन्छु ।
खकेन्द्र शाही
सवारी चालक, टेकबहादुर बस्नेत मुख्य सचेतक, ने क पा (माओबादी केन्द्र) संसदीय दलको कार्यलय
मितिः २०७४ असार १२ गते ।




