
दाङ, असार १५ गते । दाङका दुई उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भिक गणनाको परिणाम अनुसार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको हो ।
घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ४२० मतका साथ अग्रता लिएका छन् । माओवादीका जीवन गौतम ३२० मतका साथ दोस्रो स्थानमा छन् भने कांग्रेसका भुपबहादुर डाँगीले जम्मा १०८ मत पाएका छन् । यो घोराही उपमहानगरको १ नम्बर वडाको मत हो । यो वडा एमाले उम्मेदवार नरुलालको वडा हो ।
दाङ जिल्लामा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेकै घनश्याम पाण्डेले १ सय १८ मतका साथ अग्रता लिएका छन् । ७७ मतका साथ कांग्रेसका गेहेन्द्र गिरी दोस्रो स्थानमा छन् भने माओवादीका शेषुराम भण्डारीले जम्मा ९ मत ल्याएका छन् । यो पनि तुलसीपुरको १ नम्बर वडाको मत परिणाम हो ।
यसैगरी अहिले मतगणना भैरहेका ६ गाउँपालिका मध्ये ४ मा माओवादीले अग्रता लिएको छ भने कामंग्रेस र एमालेले एक÷एक गाउँपालिकामा अग्रता लिएका छन् ।
माओवादीले राजपुर, गढवा, राप्ती र शान्तिनगर गाउँपालिकामा अग्रता लिएको छ भने कांग्रेसले बंगलाचुली गाउँपालिकामा र एमालेले दंगिशरण गाउँपालिकामा अग्रता लिएको छ । दाङ जिल्लामा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
अध्यक्ष पदमा रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएका छन् । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको थियो ।
दाङमा २ लाख ९१ हजार १ सय ७५ जना मतदाता रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत अर्थात ७४ दशमलब ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।




