
कैलाली, असार १७ गते । थारुको सघन बसोबास रहेको कैलालीको जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका रामकृष्ण चौधरी ३ हजार ४ सय ३२ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै गीता कठरिया ३ हजार ७ सय ६८ मतका साथ विजयी हुनुभएको छ ।
अध्यक्षमा निकटतम प्रतिद्वन्द्वीमा नेपाल लोकतान्त्रिक फोरमका वीरुप्रसाद चौधरीले २ हजार ७ सय ४१ ले मत प्राप्त गर्नुभयो । त्यस्तै, उपाध्यक्षमा सोही दलका किरण चौधरीले ३ हजार ८९ मत ल्याएर पराजित हुनुभयो ।
फोरम नेता रामजनम चौधरीको पकड क्षेत्रकोरुपमा चिनिने सो क्षेत्रमा यसपाली कांग्रेसले बाजी मारेको छ ।




