
कुलदिप चौधरी
सुनसरी, असार १८ गते । थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीलाई समाजसेवी ठकनी चौधरीले इटहरी बजारको करिब तीन धुर जग्गा दान गर्नुभएको छ ।
थारु कल्याणकारिणीसभाको भातृ संगठनकोरुपमा रहेको सभालाई स्वर्गीय धनुषधारी चौधरीका श्रीमती चौधरीले संस्थाको काम अझ राम्रो होस् भन्दै जग्गा दान गरेको बताउनुभयो । जग्गा प्रदान गरेबापत खुशी हुँदै सभाले ईटहरी ४ कचना माध्यमिक विधाल्यमा उहाँको अभिनन्दन कार्यक्रम समापन गारेको छ ।
सभाकी अध्यक्ष सुशिला चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख थाकसका केन्द्रिय सदस्य उर्मिला चौधरीले भन्नुभयो, आजको यस्तो महँगो समयमा जग्गा दिएर ठकनि चौधरीले जग्गा दिएर सभालाई धेरैठूलो गुन लगाउनुभयो । यसैगरी आदिवासि जनजातिका भुपु उपाध्यक्ष तेजनारायण चौधरीले संंसारमा जन्मपछि मृत्यु निश्चित भएकाले समाजमा अमर हुन यस्तो पुण्यकाम गर्न सक्नुपर्ने बताउनुभयो ।

थारु पत्रकार संघ नेपाल सुनसरीका अध्यक्ष कुलदिप चौधरीले महिलाहरु हिंसा, अन्याय, अत्याचार र शोषणबाट मुक्त हुन सूचना र सञ्चारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ईटहरी नगर अध्यक्ष सुशिला लेखी, रामधुनि नगरपालिकाका नगर अध्यक्ष सिता चौधरी लगायतले जग्गादाता ठकनि चौधरीलाई जग्गा दिएकोमा धन्यवाद ज्ञापन गर्नुभययो ।
कार्यक्रममा सभाका अध्यक्ष शुशिला चौधरीलाई ठकनि चौधरीले जग्गाको लालपुर्जा हसतान्तरण गर्नुभयो । सो कार्यक्रममा जिना खवासले स्वागतम भाषन गरेका थिए भने अनिता चौधरीले कार्यक्रम संचालन गरेका थिए ।




