घोराही उपमहानगरपालिकामा नरुलाल चौधरी भारी मतले निर्वाचित


दाङ, असार १९ गते । दाङको घोराही उपमहानगरपालिका प्रमुखमा एमालेको तर्फबाट नरुलाल चौधरी भारती मतले निर्वाचित भएका छन् । एमाले उम्मेदवार चौधरीले मेयर पदमा प्रतिस्पर्धी कांग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार भन्दा बढी मत अन्तरले पराजित गर्नुभएको हो ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार सीता न्यौपाने बिजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरी निर्वाीचत हुनुभएको छ । एमालेले २०५४ सालपछि दाङमा चुनाव जितेको थिएन । यस पटकको स्थानीय तह निर्वाचनमा एमाले घोराहीसहित त्यस जिल्लामा पहिलो स्थानमा बिजय प्राप्त गर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया