
कुलदिप चौधरी
सुनसरी, असार २१ गते । दोस्रो चरणको स्थाानिय तह निर्वाचन अन्र्तगत सुनसरीका थारु वाहुल्य क्षेत्रमा थारु हरुले आफनै समुदायका प्रतिनिधीलाई निर्वाचित गरेका छन् । थारु समुदायको स्तरविकास उन्नती प्रगतिका लागि थारु उम्मेदवार छानेको बताएका छन् ।
सुनसरीका विभिन्न स्थानमा मेयर र उपमेयर वनाउन सफल भएका थारु समुदायले थारुको हितमा काम हुने अपेक्षा पनि गरेका छन् । सुनसरीको रामधुनि नगरपालिकाको मेयरमा नेपालि कांग्रेसका जयप्रकास चौधरीले ९ हजार ७ सात सय ६ छ मत ल्याई विजयी भए । उनको प्रतिस्पर्धी नन्दकुमार वस्नेतले ८ हजार ८५० मत ल्याएका ।
त्यसैगरी उपमेयरमा एमालेका सविना चौधरीले ९ हजार ८१३ मत ल्याई विजय भईन् । यसैगरी रामधुनिका विभिन्न वडाहरुमा अध्यक्षमा क्रमस, कांग्रेस १, ३, ४, मा महेश चौधरी, रामनारायण चौधरी, राजकुमार चौधरीले बाजी मारे ।
एमालेको तर्फवाट जितेका वडामा क्रमश, २, ६, ९, रामनारायण चौधरी, हेमनारायण चौधरी, धनश्याम चौधरी, रहेका छन् । यसैगरी दुहवी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका मेयर पदमा वेदनारायण गच्छदार विजय भएका छन् । गच्छदारले ७ हजार ४२० मत ल्याई विजयी भए ।
प्रमुख पदका प्रतिस्पर्धी कांग्रेसका गौरिशंंकर रोनियारले ६ हजार ६१५ मत पाएका थिए । यसैगरी सुनसरीको बर्जु गाँउपालिकामा पनि लोकतान्त्रिक फोरमका रघुनन्द चौधरी विजय भएका छन् । उनले एमालेका फनिलाल चौधरीलाई १ हजार४२ मतको अन्तरले हराए थिए ।




