बेलौरी नपाको प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा एमाले विजयी


बेलौरी, असार २२ गते । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी प्रमुख पदमा विजयी हुनुभएको    छ । त्यस्तै, उपप्रमुखमा एमालेकी चित्राकुमारी चौधरीले विजयी हात पार्नुभयो ।

सम्पन्न मतगणनाअनुसार बेलौरी नगरपालिकाको प्रमुख पदका उम्मेदवार चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउँनुभयो ।

चौधरीले ६ हजार ७६४ र भट्टले ६ हजार ४०७ मत ल्याएका थिए। उपमेयर चौधरीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका राधा कडेँललाई ६२७ मतको मतको अन्तरले हराउँदै उपप्रमुखमा निर्वाचित हुनु भयो ।

चौधरीले ६ हजार ७४८ र कडेँलले ६ हजार १६१ मत ल्याएका थिए। बेलौरी १० को वडाध्यक्षमा पनि माओवादी केन्द्रको हरिलाल चौधरीको प्यानलै विजयी भएका छन्।

तपाईको प्रतिक्रिया