त्रियुगा नगरपालिका प्रमुखमा एमालेको वलदेव चौधरी निर्वाचित


उदयपुर, असार २३ गते । उदयपुरको त्रियुगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी हुनुभयो । कांग्रेसका वसन्त बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने कांग्रेसकी देवी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार ३ सय २२ मत पाउनुभयो भने एमालेकी गीता रेग्मीले ११ हजार २ सय ७९ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया