पहुरा दैनिकलाई ८८ हजारको सामसुङ ग्यालेक्सी मोवाईल उपहार


धनगढी, असार २३ गते । वल्र्डलिंक कम्युनिकेशन्स प्रालिले पहुरा थारु दैनिक धनगढीलाई सामसुङ ग्यालेक्सी एसएट मोवाईल उपहार प्रदान गरेकोे छ । एक कार्यक्रमकाबीच प्रालिले उक्त मोवाईल वितरण गरेको हो ।

वल्र्डलिंक कम्युनिकेशन्स प्रा.लिले आफ्ना सक्रिय ग्राहक १ लाख पुगेको अवसरमा ल्याएको सेलिब्रेसन अफरमा १० जनालाई सामसुङ ग्यालेक्सी एसएट मोबाइल दिएको छ । एक सयलाई तीन महिनासम्मको निःशुल्क इन्टरनेट उपहार प्रदान गरेको छ ।

इन्टरनेट उपहार पाउने सयजना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको थियो । मोबाइल तथा इन्टरनेट उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनोट गरेको हो ।

तपाईको प्रतिक्रिया