दार्जीलिङमा चलिरहेको आन्दोलनकर्मीलाई खाद्यान्न नेपाली नाकाबाट


इलाम, असार २५ गते । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् ।

दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनकाकारण आम हड्ताल हुनकासाथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन थालेका हुन् ।

सिलीगुडीबाट पहाडतर्फ खाद्यान्न ढुवानीमा रोक लगाइए पनि झापाको चारआली हुँदै इलामको पशुपतिनगर नाकाबाट दार्जीलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सम्भव छैन । आवश्यक परेका यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीय बताउँछन् ।

सामरिक हिसाबले ‘चिकेन नेक’ मानिने भारतको पूर्वोत्तर नाकामा खाद्यान्न आपूर्ति बन्द गर्ने र दार्जीलिङ एवं सिक्किमबासीलाई भोकै पारेर गलाउने पश्चिमबंगाल सरकारको नीति अन्ततः निस्प्रभावी बन्ने देखिएको छ ।

पशुपतिनगरको वैधानिक बाटोबाट भारततर्फ खाद्यान्न नलगिए पनि पशुपतिनगर मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमाबजार माने भञ्ज्याङमा दैनिकरुपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जानेगरेको मानेभञ्ज्याङका यातायात व्यवसायी पासाङ्ग तामाङले बताए ।

पशुपतिनगर मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमाबजार माने भञ्ज्याङमा दैनिक रूपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जानेगरेको मानेभञ्ज्याङका यातायात व्यवसायी पासाङ्ग तामाङले बताए

सामान्य अवस्थामा भारतीय बजारमा खाद्य सामाग्रीहरु तुलनात्मकरुपमा सस्तो पाइने भएकाले सीमाक्षेत्रका नेपालीहरुसमेत भारतीय बजारबाट जाने गर्दथे । तर, आन्दोलन र भारतीय सरकारको नाकाबन्दीकाकारण त्यसको ठीक उल्टो भारतीय नागरिकहरु चाहिँ नेपाली बजारमा आश्रित हुनथालेका छन् ।

लामो बन्द र सरकारी नाकाबन्दीकाकारण खाद्यान्न अभाव भएकाले सीमाक्षेत्रका भारतीयहरुले नेपाली बजारबाट खाद्यान्न किनेर लैजाने गरेको तामाङले बताए । ‘इलाममा पर्ने भारतीय सीमाक्षेत्रका बजारहरुमा खाद्यान्न भारतबाटै आउनेगरेको थियो’ तामाङले भने– ‘अहिले नेपालबाट भारततिर खाद्यान्न गइराखेको छ । जौबारी, कालपोखरीलगायत सीमा बजारहरुमा चालम सकियो पठाइदिनु भनेर फोन आइरहेको छ ।’

गाडी नचल्ने र भारतीय सुरक्षाकर्मीले तीनजनाभन्दा बढी हिँडडुल गर्न नदिने भएकाले थोरै किनेर लैजाने गरेको पशुपनितगरका व्यवसायी मिलन क्षेत्रीले बताए ।

उता दार्जीलिङलगायत नेपालीहरुको सघन बसोबास भएको क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड माग गर्दै तीन सातादेखि आमहड्ताल गरेपछि पशुपतिनगर बजार पनि पूरै बन्द छ । खाद्यान्नका पसलहरु भने खुलेका छन् ।

सीमाक्षेत्रका बासिन्दाहरुले त्यही पसलहरुबाट खाद्यान्न किनेर लैजाने गरेका छन् । गाडी नचल्ने र भारतीय सुरक्षाकर्मीले तीनजनाभन्दा बढी हिँडडुल गर्न नदिने भएकाले थोरै किनेर लैजाने गरेको पशुपनितगरका व्यवसायी मिलन क्षेत्रीले बताए । दार्जीलिङलगायत पहाडी क्षेत्रमा खाद्यान्न आउन रोक्ने प्रहरी र सेना नभई पश्चिम बंगाल सरकारको समर्थकहरु रहेको पनि बताइएको छ ।

उता गोजमुमोले भने पश्चिम बंगाल सरकारले दार्जीलिङ, सिक्किमलगायत पहाडी क्षेत्रमा खाद्यान्न र औषधि आयातमा समेत रोग लगाएको जनाएको छ । उसले पश्चिम बंगाल सरकारको यो कार्य अमानवीय भएको भन्दै आपत्ति पनि जनाएको छ ।

पश्चिम बंगाल सरकारकी मूख्यमन्त्री ममता बेनर्जीले दार्जीलिङलगायत नेपालीभाषी भारतीयहरुको संघन बसोबास भएको विद्यालयहरुमा बंगालीभाषा अनिवार्य गर्ने बताएपछि गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन शुरुगरेको हो ।

भाषाबाट उठान भएको आन्दोलन अहिले अलग राज्य गोर्खाल्याण्डमा पुगेको छ । आन्दोलनकाक्रममा तीन जनाको ज्यान गइसकेको छ । मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्डको लागि भइरहेको यो आन्दोलनलाई अन्तिम बनाउने बताउँदै आएका छन् ।

(अनलाइन खबरबाट)

तपाईको प्रतिक्रिया