
सन्तोष दहित
दाङ, असार २६ गते । स्थानिय तहको निर्वाचन दाङमा २० प्रतिशत थारु प्रमुख पदमा निर्वाचित भएका छन् । दाङमा ७ गाउँपालिका, एक नगरपालिका र २ उपमहानगरपालिका सहित १० स्थानिय तह रहेको छ । त्यसमध्ये दुई तहमा थारु प्रमुख पदमा निर्वाचित भएका हुन् ।
प्रमुख पदमा निर्वाचित हुनेमा घोराही उपमहानगरपालिकाको मेयर पदमा नरुलाल चौधरी निर्वाचित भएकाछन् । उनले आफ्नो निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगीलाई झन्दै ५ हजार मतले पछाडी पार्दै चौधरी मेयर पदमा निर्वाचित भएका हुन । त्यसैगरी दंगीशरण गाउँपालिकाको प्रमुख पदमा भागिराम चौधरी निर्वाचित भएका छन् ।
उहाँले पनि नेपाली काँग्रेसका नेता यज्ञनारायण आचार्यलाई ३ सय २६ मतले पछाडि पार्दै गाउँपालिकाको प्रमुख पदमा निर्वाचित भएका हुन् । प्रमुख पदमा निर्वाचित हुने नरुलाल चौधरी र भागिराम चौधरी दुबै एमालेबाट उठेकाथिए । यसैगरी उपप्रमुख पदमा पनि २० प्रतिशत थारु महिला निर्वाचित भएका छन् । उपप्रमुख पदमा गढवा गाउँपालिकाबाट शान्ती चौधरी निर्वाचित भएकी छिन् । उनले पनि नेकपा एमालेबाट उठेकी थिइन । त्यसैगरि राप्ती गाउँपालिकाबाट जगदम्बा चौधरी निर्वाचित भइन् । उनी भने नेपाली काँग्रेसबाट उठेकी थिइन् ।
त्यसैगरी दाङको १०० वडामध्ये १८ वडामा थारु वडाको प्रमुख पदमा निर्वाचित भएका छन् । यसलाई प्रतिशतको आधारमा हेर्ने हो भने १८ प्रतिशत मात्र वडा अध्यक्षम थारु निर्वाचित भएको देखिन्छ । १८ वडामध्ये १० वडामा नेपाली काँग्रेस, ३ वडामा एमाले, ४ वडामा माओवादी केन्द्र र १ वडामा स्वतन्त्रबाट वडा अध्यक्षम निर्वाचित भएका छन् ।
दाङको कुल जनसंख्यामध्ये ३७ दशमलब ५ प्रतिशत थारु समुदायको जनसंख्या छ । यसलाई जनसंख्याको आधारमा हेर्ने हो भने निर्वाचित भएको जनप्रतिनीधिको १७ प्रतिशत कम हो ।
नेपाली काँग्रेसबाट वडा अध्यक्षम घोराही उपमहनागरपालिका–३ बाट माधवप्रसाद चौधरी, घोराही उपमहानगरपालकिा–८ बाट चन्द्रप्रसाद चौधरी, दंगीशरण गाउँपालिका–३ बाट पुर्ण चौधरी, लमही नगरपालिका–२ बाट नेपालु चौधरी, राप्ती गाउँपालिका–७ बाट विद्याशरण चौधरी, लमही नगरपालिका–८ बाट मेघनारायण चौधरी, गढवा गाउँपालिका–७,बाट राहुलदेव चौधरी, लमही नगरपालिका– ६ बाट गणेशमान चौधरी, राप्ती गाउँपालिका–६ बाट बेदप्रसाद चौधरी, र तुलसीपुर उपमहनागरपालिका–१४ बाट पर्शुनारायण चौधरी वडा अध्यक्षमा निर्वाचित भएका छन ।
त्यसैगरि नेकपा एमालेबाट घोराही उपमहानगरपालिका–७ बाट खोपीराम चौधरी, तुलसीपुर उपमहानगरपालिका–१५ बाट लक्ष्मण चौधरी र दंगीशरण गाउँपलिका–१ बाट श्रीप्रसाद चौधरी वडा अध्यक्षम निर्वाचित भएका छन् । यसैगरि माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिका–१७ बाट खुशीराम चौधरी, लमही नगरपालिका –३ बाट बाबुराम चौधरी, राप्ती गाउँपालिका–३ बाट चन्दर चौधरी र गढवा गाउँपालिका–२ बाट भक्तु चौधरी वडा अध्यक्षम निर्वाचित भएका छन् ।
त्यसैगरि स्वतन्त्रबाट बबैगाउँपालिका– ७ बाट महाविर चौधरी वडा अध्यक्षमा निर्वाचित भए । दाङको कुल जनसंख्यामध्ये ३७ दशमलब ५ प्रतिशत थारु समुदायको जनसंख्या छ । यसलाई जनसंख्याको आधारमा हेर्ने हो भने निर्वाचित भएको जनप्रतिनीधिको १७ प्रतिशत कम हो । यद्यपि विगतके इतिहासलाई हेर्ने हो भने धेरै राम्रो परिणाम मान्न सकिन्छ ।




