
कुलदिप चौधरी
रुपन्देहि, असार २७ गते । थारु कानुन व्यवसायी सभाको तदर्थ समिति रुपन्देहीमा पनि गठन भएको छ । थारु कल्याणकारिणीसभाको भातृ संगठनकोरुपमा रहेको सभाले आफ्नो जिल्ला संगठन विस्तारको क्रममा रुपन्देहीमा गठन गरेको हो ।
कानून व्यवसायी नरसिंह चौधरीको संयोजकत्वमा जिल्ला कार्य समिति रुपन्देहि गठन भएको छ । सभाका केन्द्रिय सल्लाहकार तथा थारु कानुन व्यवसायी सभाको केन्द्रिय अध्यक्ष रामराज चौधरीको प्रमुख आथित्यतामा रुपन्देही शाखा गठन भएको हो । कार्यक्रममा चौधरीले संविधानमा अझै थारुको अधिकार पर्याप्त सम्बोधन गर्न बाँकीरहेको बताउनुभयो ।
थारु अधिकारका लागि सबै थारु कानून व्यवसायी एक ठाउँमा आउनुपर्ने भएकाले सभाको शाखा जिल्लागतरुपमा गठन अभियान चलाइएको अध्यक्ष चौधरीले बताउनुभयो ।
थारु अधिकारका लागि सबै थारु कानून व्यवसायी एक ठाउँमा आउनुपर्ने भएकाले सभाको शाखा जिल्लागतरुपमा गठन अभियान चलाइएको अध्यक्ष चौधरीले बताउनुभयो । स्थानिय तहको निर्वाचनले थारु प्रतिनिधिको संख्या उल्लेख्य बढाएको भन्दै उहाँले प्रतिनिधिहरुले पनि थारुको हक हितको सवालमा ध्यान दिनुपर्ने चर्चा गर्नुभयो ।समितिमा संयोजक नरसिंह चौधरी, सदस्यहरुमा केशव चौधरी, मनोजकुमार चौधरी, विना सिंह, सुकदारप्रसाद चौधरी रहेका छन् ।
विना सिंहको सभापतित्व सम्पन्न भएको कार्यक्रममा सिंहले धर्तीपुत्र थारुहरुले आफनो संस्कृति, रीतिरिवाज र परम्परा जोगााउन कानुनि साक्षरताको माध्यमवाट सचेतना फैलाउनु पर्ने बताउनुभयो । कार्यक्रममा मनोज चौधरी, नरसिंह चौधरी लगायतले आफना धारणा राख्नुभएको थियो ।




