लुम्बिनीलाई आध्यात्मिक केन्द्र बनाउँछुः नवनिर्वाचित प्रमुख चौधरी


लुम्बिनी, असार २७ गते । अन्तर्राष्टिय पर्यटकीयस्थल लुम्बिनीलाई बिश्वकै आध्यात्मिक केन्द्रकोरुपमा बिकास गर्ने प्रतिवद्धता नव निर्वाचित मेयर (प्रमुख) मनमोहन चौधरीले प्रतिवद्धता गर्नुभएको छ ।

नव निर्बाचित मेयर मनमोहन चौधरी तथा अखिल नेपाल बौद्धभिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयलाई लुम्बिनी पर्यटन ब्यवसायी संघ तथा बोद्धी ईन्सीच्युट लुम्बिनीद्वारा छुट्टा छुट्टैरुपमा आयोजित स्वागत कार्यक्रममा उहाँले सो कुरामा जोड दिनुभएको हो ।

स्वागत कार्यक्रमलाई सम्बोद्धन गर्दै नव र्निबाचित मेयर मनमोहन चौधरी (कन्हैया बाबू) ले बुद्धजन्मस्थल लुम्बिनी वरिपरि ध्यानकेन्द्रहरु स्थापना गरी बिश्वकै आध्यात्मिक केन्द्रको रुपमा बिकास गर्ने बताउनुभयो ।

रुपन्देहीको लुम्बीनि सांस्कृतिक नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका चौधरीको जितले स्थानीयमा पनि विकास हुने अपेक्षा देखिएको छ ।

लुम्बिनी आगन्तुक धार्मिक पर्यटक पाहुनाहरुलाई आध्यात्मिकताको बोध गराउन नगर क्षेत्रभित्र रहेका सार्बजनिकस्थल, बिभिन्न तालतलैयाको किनारमा ध्यानकेन्द्र बनाई लुम्बिनी साँस्कृतिक नगरको आध्यात्मिकता पहिचान झल्काउन सबैसँग हातेमालो गरी अगाडी बढने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बुद्धजन्मस्थल लुम्बिनीलाई चित्तलता बनकोरुपमा आध्यामिक केन्द्र बनाई बिश्वकै धार्मिक पर्यटकहरु लुम्बिनी क्षेत्रभित्र भित्रयाउनु पर्ने बताउनुभयो ।

सो अवसरमा बोद्धी ईन्स्च्यिुट लुम्बिनीका अध्यक्ष भिक्षु मितईया, लुम्बिनी पर्यटन ब्यवसायी संघका कार्यबाहक अध्यक्ष राजेन्द्र बनिया, लुम्बिनी बिकास कोषका पूर्ब पूरातत्वबिद बसन्त बिडारी लागयतले मक्तब्य ब्यक्त गरेका थिए ।

रुपन्देहीको लुम्बीनि सांस्कृतिक नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका चौधरीको जितले स्थानीयमा पनि विकास हुने अपेक्षा देखिएको छ ।

तपाईको प्रतिक्रिया