
काठमाडौं, असार २९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेसको विरोधी नभई विकास प्रेमी भएको बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेसको विरोधी नभई विकास प्रेमी भएको बताउनुभएको छ । तराई मधेसका बुद्धिजीवीहरुसँग विहिबार यहाँ गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । “एमाले तराई मधेस विरोधी पार्टी होइन, विरोधीहरुले चलाएको हल्ला मात्र हो” भन्दै उहाँले मधेस र मधेसी जनताकालागि सबैभन्दा वढी काम एमालेले गरेको दावी गर्नुभयो ।
“प्रक्रिया मिलाएर, देश र जनताको पक्षमा परिमार्जन गरेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याओस् हामी सहयोग गर्न तयार छौं” भन्दै अध्यक्ष ओलीले सत्तापक्षले प्रतिपक्षीसँग विनाछलफल, विना परामर्श एकलौटी ढंगले प्रस्ताव ल्याउने गरेकाले आफूहरुको असहमति भएको प्रष्ट पार्नुभयो ।
संविधान संशोधनको विरोधमा एमाले नभई असंवैधानिक प्रक्रियाको विरोधमा रहेको प्रष्ट पार्दै अध्यक्ष अोलीले प्रक्रियाअनुसार गए संविधान संशोधनमा एमाले बाधक नबन्ने बताउनुभयो । तराई मधेसका स्थपित भाषा मैथिली, भोजपुरी, थारु, छाडेर हिन्दी भाषालाई स्थापित गर्ने प्रयास गरिएको भन्दै उहाँले देश र जनताको विरुद्धमा गएर एमालेले संशोधनमा सहयोग नगर्ने अडान दोहो¥याउनुभयो ।
“प्रक्रिया मिलाएर, देश र जनताको पक्षमा परिमार्जन गरेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याओस् हामी सहयोग गर्न तयार छौं” भन्दै अध्यक्ष ओलीले सत्तापक्षले प्रतिपक्षीसँग विनाछलफल, विना परामर्श एकलौटी ढंगले प्रस्ताव ल्याउने गरेकाले आफूहरुको असहमति भएको प्रष्ट पार्नुभयो । तराई मधेसको विकास र समृद्धिकालागि एमाले संघर्षरत रहेकाले एमालेलाई मधेसविरोध पार्टीकोरुपमा नबुझ्न उहाँले मधेसी बुद्धिजीवीहरुसँग आग्रह गर्नुभयो ।
मधेसी जनतालाई युपी विहार जान आफूले कहिल्यै नभनेको र शहिदलाई झरेको आँपको संज्ञा पनि नदिइएको प्रष्टपार्दै अध्यक्ष अोलीले भन्नुभयो, “केही विरोधहरु यस्ता छन् जसले अर्थको अनर्थ लगाएर प्रसंग बंग्याएर एमालेलाई बदनाम गर्ने काम गरिरहेका छन् ।” एमाले तराई मधेस, पहाड र हिमालमा बस्ने सबै जनताको समान अधिकार र समताका लागि संघर्ष गरिरहेकाले अन्यथा नबुझ्न उहाँले सबैमा आग्रह गर्नुभयो । निर्दलीय व्यवस्थाको जस्तो अब तराई मधेसका जनतामा कुनै विभेद र असमानता हुन नदिइने बताउँदै अध्यक्ष अोलीले भन्नुभयो, “गल्तीमाथि गल्ती सत्तापक्षले गरिरहेको छ, तर आरोप एमालेलाई लगाइरहेको छ ।”
प्रदेश नं. २ को निर्वाचन असोज २ गते गर्ने निर्णय सरकारले गरेपनि अझै सो निर्वाचन हुने नहुने अन्यौल कायमै रहेको बताउँदै अध्यक्ष ओलीले एउटा प्रदेशलाई अलग्गै छुट्याएर निर्वाचन धेकेलिनु गलत भएको बताउनुभयो । “अरु प्रदेशमा निर्वाचन भएर जनप्रतिनिधिहरु विकासको योजना बनाउन थालिसके, प्रदेश नं. २ को निर्वाचन हुने नहुने अन्यौल नै छ, त्यहाँ विभेद सरकारले ग¥यो कि एमालेले ?” जिज्ञासा गर्नुभयो ।
सो अवसरमा मधेसका बुद्धिजीविहरुले मधेसबारे एमालेको स्पष्ट धारणा र संशोधनको विपक्षमा जानुका कारणबारेमा अध्यक्ष अोलीसँग एमालेको धारणा माग गर्नुभएको थियो । मधेस र तराईलाई अलग राखेर राष्ट्रियताको कुरा गरेको आरोप केही मधेसी अगुवाहरुले अध्यक्ष ओलीलाई लगाउनुभएको थियो ।
मधेस तराईको विकासका लागि एमाले नेतृत्वको सरकारले अधिक्तम बजेटको व्यवस्था गरेको स्मरण गर्दै उहाँले एमालेकै अगुवाईमा मधेस तराईमा विकास सम्भव रहेको तर्क गर्नुभयो ।
सो अवसरमा अधिवक्ता सुरेन्द्रकुमार महतो, विणा सिन्हा, सुनिल रञ्जन सिंह, विना झा, सुकेश्वर पाठक, आनन्द गुप्ता, मोहनकुमार सिंह, राजीव झा, भरत यादव, विरेन्द्रकुमार मेहता लगायतले अध्यक्ष ओलीलाई मधेसको समस्या र समाधानका विषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले मधेस र तराईविना राष्ट्रियता अधुरो हुने भन्दै समग्र देशको कुरा आफूले गरेको प्रष्ट पार्नुभएको थियो ।
मधेस र तराई सुगम भएर पनि विकासविना दूर्गमजस्तो भएको बताउँदै उहाँले विकास र समृद्धिकालागि एमाले तराई मधेसमा केन्द्रीत भएर काम गरिरहेको बताउनुभयो । मधेस तराईको विकासका लागि एमाले नेतृत्वको सरकारले अधिक्तम बजेटको व्यवस्था गरेको स्मरण गर्दै उहाँले एमालेकै अगुवाईमा मधेस तराईमा विकास सम्भव रहेको तर्क गर्नुभयो ।
भूमिजा मानवअधिकार संगठनको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा एमाले विरुद्ध फैलाइएको हल्ला चिरफार गर्ने प्रयास अध्यक्ष ओलीले गर्नुभएको थियो । तराई मधेसका सबै पक्षका अगुवाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीसहित अन्य नेताहरुको पनि सहभागिता थियो ।




