जीप दुर्घटनामा परी सरिता चौधरीको निधन, घाइतेको अवस्था गम्भीर


काठमाडौं, असार ३० गते । धनुषाको मुझेलियामा विहिबार भएको जीप दुर्घटनाप्रति एमालेले दुःख व्यक्त गरेको छ । दुर्घटनामा परी एमाले स्थानीय नेता सरितादेवी चौधरीको ज्यान गएको छ ।

पार्टी सचिव प्रदीप ज्ञवालीले शुक्रबार विज्ञप्ती प्रकाशित गरी ज्यान गुमाएका चौधरी र घाइतेप्रति दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा सलहेश संग्रहालय निर्माण समितिका सदस्य चौधरीको निधनसँगै रामरति राम, मागेन कामत, सागर चौधरी, ललिता चौधरी, रामपुकार यादव, अरुणकुमार सिंह, हरेराम राम, चालक दीलिप चौधरी गम्भीर घाइते हुनुभएको छ ।

विराटनगरको नोबल अस्पतालमा उपचाररत सबैको स्वास्थ्यलाभको कामना गर्दै दिवंगत चौधरीप्रति एमालेले श्रद्धाञ्जलि व्यक्त गरेको छ । घाइतेमध्ये रामरति राम, कामत, सागर चौधरी, लक्ष्मण यादव, ललिता चौधरी एमालेका कार्यकर्ता हुन् भने रामपुकार यादव समाजवादी फोरम र सिंह, हरेराम कांग्रेसका कार्यकर्ता हुन् ।

तपाईको प्रतिक्रिया