सुनसरीका नव निर्वाचित प्रतिनिधिहरुलाई महिला सभाले गर्यो सम्मान


कुलदिप चौधरी
सुनसरी, साउन १ गते । थारु महिला सभा सुनसरीले एक विशेष कार्यक्रम गरी स्थानिय तहको नव निर्वाचित थारु प्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

ईटहरी उपमहानगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा थारु समुदायका विभिन्न पार्टिवाट निर्वाचित उम्मेदवारलाई सभाले सम्मान गरेको हो । सभाकि अध्यक्ष शुशिला चौधरीको सभापतित्व र थारु कल्याणकारिण्ी सभाको केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरी प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ईटहरी उपमहानगरपालिकाको मेयर द्वारिकलाल चौधरीले कार्यक्रममा २० औ वर्षदेखि जनप्रतिनिधि नभएको कार्यलयमा दलहरुको सर्वदलिय सयन्त्र तथा कर्मचारिवाट हुन नसकेको काम अव प्रत्येक मेयर, उपमेयरहरुमा जिमेवारि थपिएको बताउनुभयो । निसवार्थ, स्वतन्त्र इमानदारीता र स्वछ भावनाले काम गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

सभाकि अध्यक्ष शुशिला चौधरीको सभापतित्व र थारु कल्याणकारिण्ी सभाको केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरी प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

पुर्वी नेपालकै सुन्दरनगरि ईटहरिलाई ब्यापारिक केन्द्रमा विकास हुदैगएको यस अवस्थामा हामीले चुनौतिका विषयमा केन्द्रित भई दृढ विश्वासकासाथ अझ अगाडि लानुपर्छ भन्नुभयो । यसैगरी रामधुनि नगरपालिकाका मेयर जयप्रकास चौधरीले रामधुनिमा भगवान रामको वासस्थानभएको हुनाले यस पवित्र स्थानलाई धार्मिक पर्यटकीयस्थल वनाउन सवैको सल्लाह सुझावको खाचो रहेको वताउनुभयो ।

त्यसैगरी वर्जु गाउँपालिकाका, हरिनगरा गाउँपालिकाका मेयर र उपमेयरहरुले आआफना मन्तव्य राखेका थिए । कार्यक्रममा थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदिप चौधरी, मोरङ्गका अध्यक्ष एल एन गच्छदार, थारु कानुनि व्यवसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरी, आदिवासि जनजाति महासंघका नगर अध्यक्ष राजकुमार चौधरी, आदिवासि जनजाति महासंघका पुर्वउपाध्यक्ष तेजनारायण चौधरीलगायत वरिष्ठ पत्रकार यम प्रधान, एभिन्यूजका दिपक कार्कि, पुर्वि हटलाईनका प्रकाशक शालिग्राम पाण्डेको उपस्थिति रहेको थियो । कार्यक्रम शुनिल चौधरीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया