
कुलदीप चौधरी
सुनसरी, साउन ४ गते । स्थानीय तहको तेस्रो निर्वाचनको निर्वाचन असोज २ गते तय भइसकेको छ । पहिलो र दास्रो चरणको निर्वाचनमा युवा जमातले वाहीवाही बटुलेको थियो कति जितको स्वाद चाखे भने कतिले हारको ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि युवा जमातको उम्मेदबारीले चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर २ को बारा जिल्लाको कोल्हवी नगरपालिकाबाट लोकतान्त्रिक फोरमको तर्फबाट युवा नेतृ राधाकुमारी चौधरीले आफ्नो उम्मेदबारी घोषणा गरेकी छिन् । चर्चा परिचर्चाको शिखरमा रहेकी राधालाई हाम्रो प्रश्न ।
१) राधा जी तपाई यति सानै उमेरमा राजनीतिमा प्रवेश गर्नुभएको छ के उद्देश्य बोकेर यो क्षेत्रमा आउनु भयो ?
सबै भन्दा पहिला त राजनीतिमा सानो र ठूलो उमेरले फरक पर्दैन र मेरो उमेरले पनि राजनीतिगर्न सेक्दैन् । म राजनीतिमा प्रबेश गर्नुको मुख्यकारण नै थारु समुदायलाई कसरी हुन्छ अगाडि बढाउने हो । साथै थारु समुदायमा देखिएको विकृति विसंगतीलाई निर्मुल पर्ने पहिलो काम हुनेछ । त्यस्तै थारु युवा युवतिहरुमा विशेष गरेर राजनीतिक ज्ञानको कमि छ त्यसलाई चिर्नकालागि पनि मेरो उम्मेदबारी हो ।
२) लाउलाउ खाउखाउ उमेरमा राजनीतिमा प्रवेश गर्नुभयो तपाईभन्दा थुप्रै बरिष्ठ राजनीति कर्मीहरु यो क्षेत्रमा रहेका छन्, काम गर्न अप्ठ्यारो हुदैन् ?
जहासम्म मलाई थाहा छ हाम्रो पार्टी नेपाल लोकतान्त्रिक फोरमले सवै समुदायलाई समेटिएको पार्टी हो नकी थारुमात्रै भएको पार्टी हो । यसले थारुको ऐजेन्डालाई मात्रै बोेकेर हिडेको छैन् । सिङ्गो नेपाली जनताको हकहितकै लागि अगाडि बढेको पार्टी हो त्यसैले अग्रजहरुको सल्लाह सुझाव लिएर अगाडि बढ्दा काम गर्न सजिलो भएको छ सवैले माया गर्नुभएकोछ । त्यस्तो कुनै गाह्रो छैन । अहिलेसम्म र हुनेपनि छैन जस्तो लाग्छ मलाई ।
३) तपाई त नेपाल लोकतान्त्रिक फोरमबाट दास्रो चरणको स्थानीय तहको निर्वाचनमा बाराको कोल्हबी नगरपालीकाको उप–मेयरमा उम्मेदबारी पनि दिनुभयो नि तपाईको उम्मेदबारी के का लागि ?
मेरो उम्मेदवारी ठूला ठूला सपना बाँड्ने होईन अरु पार्टी जस्तो यो गर्छु त्यो गर्छु भनेर धाक लगाउने पनि होईन, आकाशमा पुगाएर फेरि धर्तीमा झार्ने होईन् । नगरभित्र भएका विकृति विसंगीको अन्त्यका साथै जुन नगरभित्र भएका कैयन अन्धविश्वासलाई हटाउनका लागि मेरो उम्मेदबारी हो । जस्तोकी अहिले पनि बोक्सी आरोप लगाएर कुटपीट गर्ने अन्धविश्वासलाई निर्मुल पार्ने, बालबालीकाहरु अझै विद्यालय जान नसकेको तितो यथार्थ छ त्यसलाई हटाउने मेरो पहल हुनेछ । अहिले पनि गरिबीकाकारण ज्यान गुमाउनेको संख्या त्यतिकै छ त्यसलाई हटाउने मेरो प्रयत्न हुनेछ ।
४) तपाई एकजना युवा नेतृ देशमा अशिक्षा, बेरोजगारी, युवाहरु विदेश पलायनको समस्या देखिएको छ नि यसको लागि कुनै सोच बनाउनु भएको छ ?
हुन त मैले मात्रै यो सब गरेर पुरा पक्कै नहोला तर म एकजना युवा जो बाहिरी देशमा आफ्नो श्रम बेच्छ त्यसलाई यही देशको माटोमा श्रम बेच्ने बाताबरण तयार गर्नकालागि पहलकदमी हुनेछ । बिदेशीने युवा युवतिलाई नेपालमै रोजगारिको बाताबरण सिर्जना गर्नका लागि केही आधारभुत सीप तालिमको ब्यस्था गर्ने र स्वरोजगार बनाउने तिर मेरो ध्यान केन्द्रित हुनेछ ।
५) तपाई एकजना युवा जुझारु नेतृ अरुभन्दा फरक के पाउछ नगरबासीले राधा जी ?
राम्रो प्रश्न गर्नुभयो । हो, म युवा हुँ र यो होईन की म स्यालकी छोरी होईन, आमाबुबाले सिकार ल्याएपछि मात्रै खान पाईने । म बाघको बच्चा हुँ सधैं आमाबुवाको भर पर्नुपर्दैन । आफैले पनि सिकार गर्न सक्छु । अरुले ल्याउने नीतिभन्दा मेरो नीति कुनै पक्षमा कमजोर हुनेछैन । युवा जोस र तागत लगाएर आफ्नो नगरका लागि उठ्नेछु र सवैलाई उठाउनेछु म प्रति शंखा नगर्न पनि आग्रह गर्छु ।
६) उम्मेदबारी त दिनुभयो ऐजेन्डा, योजना के छ राधा चौधरीलाई नै किन जिताउने ?
मैले मलाई जिताउनु पर्ने कारण म मेरो लागि होईन मेरो नगरको लागि कामगर्ने छु । म मेरो आफ्न्त नातागोताको लागि होईन समग्र नगरबासीको लागि काम गर्ने छु । मेरो ऐजेन्डा नै शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको पहुँच पुर्याउने, साना साना समस्यालाई नै निमिट्यान्न पार्ने जो पछि बोझ नबुन, अहिले त के देखिएको छ भने साना साना समस्याछोड्ने तर पछि त्यही पहाड बन्ने र त्यो सधैं बाधक बन्ने गरेको देखिएको छ त्यस्ता समस्यालाई म जरैदेखी उखेल्नेछु ।
७) चुनाव हुने नहुनेमा अझै अन्यौलता नै छ । तपाईको विचारमा असन्तुष्ट दलहरुलाई कसरी समेटिन सकिन्छ ?
अहिले देशलाई स्थानीय सरकारको जरुरत परेको छ जुन गर्नुपर्छ । चुनावसंग भाग्नु भनेको जनतासंग भाग्नु हो । असोज २ गते तय गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सवै दलहरु भाग लिनुपर्छ । जब सम्म स्थानीय तहको चुनाब हुदैन तब सम्म स्थानीय तहको बिकास हुन सक्दैन । असन्तुष्ट दलहरुको जायज मागहरु सरकारले पनि पूरा गर्नु पर्छ र सवैलाई चुनावमा भाग लिने बातावरण तयार गर्नुपर्छ र सवै भाग लिनुपर्छ ।




