
लक्की चौधरी
साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस शनिबार मनाइँदैछ । समानतामा आधारित वैचारिक चेतनाको विकास, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र मुलुकबाट गरिबी अन्त्य भएमात्र पुष्पलालको सपना साकार हुने भनाई उहाँलाई नजिकबाट बुझ्नेहरुको छ ।
वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता तुलसीकुमारी र पिता भक्तलालको माहिला सुपुत्रकोरुपमा जन्मिनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्ष्टिच्यूटमा निधन भएको थियो । वि.सं. १९९७ मा दाजु गंगालाल श्रेष्ठलाई भद्रगोल जेलमा भेट्न जाँदा ‘प्रजातन्त्रकानिम्ति मैले बालेको दियोलाई प्रज्वलित पार्नु’ भन्नुभएपछि पुष्पलालका लागि त्यही नै राजनीतिक प्रेरणाको स्रोत भएको अहिलेका राजनीतिकर्मीहरुको बुझाई छ । उहाँले तत्कालिन जहानियाँ राणा शासनको विरुद्ध दाजु गंगालालले उठाएको कदमलाई गन्तव्यमा पु¥याउने अठोट लिनुभयो ।
“पुष्पलालले नामको पछाडि श्रेष्ठ लेख्दैन थिए, कारण उहाँलाई ‘जात’ हैन नेपाली हुनुमा गर्व थियो, तर आज हामी जातीयता र क्षेत्रीयताले समाज छिन्नभिन्न पार्दैछौं” टिप्पणी गर्दै नेता नेपालले कम्युनिष्ट आचरणमा सैद्धान्तिक विचलन आएको स्वीकार गर्नु भयो ।
तत्कालिन प्रजा परिषदका नेताहरु टंकप्रसाद आचार्य, बी.पी. कोइरालाहरुसँगको सहकार्यमा उहाँले राणा विरुद्धको अभियान चलाउनुभएको थियो । सोही अभियानको लामो संघर्षपछि मुलुकमा प्रजातन्त्र उदय भएको थियो । वि.सं. २००६ सालमा भारतको कलकत्तामै पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको गठन गर्नुभयो ।
नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा वैचारिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरण भएमात्र पुष्पलालको सपना साकार हुने तर्क गर्नुभयो । “गलत विचार र प्रबृत्तिका विरुद्ध कठोर अभियान चलाउनुभएका पुष्पलालप्रति तब सच्चा श्रद्धाञ्जलि हुन्छ, जब हामी लोकतान्त्रिक आचरणमा रुपान्तरण हुन्छौं” नेता नेपालले भन्नुभयो ।
“पुष्पलालले नामको पछाडि श्रेष्ठ लेख्दैन थिए, कारण उहाँलाई ‘जात’ हैन नेपाली हुनुमा गर्व थियो, तर आज हामी जातीयता र क्षेत्रीयताले समाज छिन्नभिन्न पार्दैछौं” टिप्पणी गर्दै नेता नेपालले कम्युनिष्ट आचरणमा सैद्धान्तिक विचलन आएको स्वीकार गर्नुभयो । समाजबाट भेदभाव, असमानताको अन्त्य गर्नसकेमात्र पुष्पलालको पथमा हिडेको सार्थकता हुने उहाँको भनाई छ ।
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुरेन्द्रकुमार कार्कीले कम्युनिष्टहरुमा सामाजिक, सांस्कृतिक तथा वैचारिक विचलन आएकाले पुष्पलालको सपना साकार हुनेमा आशंका व्यक्त गर्नु भयो । “दलभित्र राजनीतिक स्वतन्त्रता अझै आउन सकेको छैन, कम्युनिष्ट पार्टीमा पनि त्यो छैन” भन्दै उहाँले नेतामुखी शासन प्रणालीले पुष्पलालको पथ विचलित गरिदिएको टिप्पणी गर्नुभयो ।
“एकापसमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने सिद्धान्त पुष्पलालको थियो, तर अहिले प्रतिस्पर्धा कामले हैन, नेताको चाकडीमा सीमित भएको छ” उहाँले टिप्पणी गर्नुभयो ।
“हाम्रो पूर्खा बाँदरका सन्तान थिए, आज हामी आफूलाई सच्चा नेपाली बनाउन सक्छौं कि सक्दैनौं ? अहम प्रश्न हो” तर्क गर्दै नेता कार्कीले भन्नुभयो, “नेपालको कम्युनिष्ट आन्दोलन समाजवादको मूल बाटोबाट विचलित भइसकेको छ, सबै काम अरुले गरिदिनुपर्छ भन्ने प्रबृत्ति हावी भएको छ ।” नेकपा संयुक्तका नेता गणेश साहले कम्युनिष्टहरु सिद्धान्ततः विचलित भई सत्तामुखी भएको टिप्पणी गर्नुभयो ।
जनताकानिम्ति काम गरी समाज बनाउने सिद्धान्तलाई त्यागी आफू केन्द्रीत सिद्धान्तबाट कम्युनिष्ट पार्टी प्रभावित भएको उहाँको भनाई छ । पुष्पलालले देखाएको बाटो सत्ता नभएर समाज निर्माण र विकास रहेको भनाई उहाँको छ । आफूलाई पुष्पालालका शिष्य मान्ने लोककृष्ण भट्टराईले पुष्पलालको सपना वाम एकता कायम गरी मुलुकको शोषण, भेदभाव र गरिबीको अन्त्य गर्ने रहेपनि अहिलेको पार्टीले सो काम गर्न नसकेको आरोप लगाउनुभयो ।
“एकापसमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने सिद्धान्त पुष्पलालको थियो, तर अहिले प्रतिस्पर्धा कामले हैन, नेताको चाकडीमा सीमित भएको छ” उहाँले टिप्पणी गर्नुभयो । स्वर्गीय नेता पुष्पलालले कम्युनिष्ट पार्टी “नेता प्रधान हैन, नीति प्रधान हुनुपर्छ” भन्ने मान्यता राखेर सामाजिक न्यायको आन्दोलन अगाडि बढाउनुभएको थियो ।
“लाखौंलाख झुपडीको एकता वर्तमान सन्दर्भमा नेपालको राष्ट्रियता हो, तिनको हकहितको सुरक्षा नै जनवाद हो” भन्ने भावनाकासाथ स्वर्गीय पुष्पलालले अभियान सञ्चालन गर्नुभएको थियो । नेता नेपालको स्मरणमा शनिबार विभिन्न ठाउँमा स्मृति सभाको आयोजना हुँदैछ ।




