
भगतराम थारु
नेपालगञ्ज, साउन ७ गते । नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोलीले आज नेपालगन्जमा नागरिकको नजरमा मिडिया विषयक सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य नेतृत्वको टोलीमा पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु, कोषाध्यक्ष सूर्यमणी गौतम र नेपाल बारका केन्द्रीय सदस्य अरुण पौडेल सदस्य रहेको मिसन टोली नेपालगन्जमा सार्वजनिक सुनवाई गरेको हो ।
टोलीले शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम गरी नागरिक समाजको दृष्टिकोणबारे जानकारी लिएको छ । सो अवसरमा पूर्ब अध्यक्ष आचार्यले नागरिकलाई बिर्सेर गरिने पत्रकारिताको भविष्य सुुुरक्षित हुन नसक्ने बताउनुभयो । सत्य, निष्पक्ष र तटस्थ भएमात्र मिडिया तागतकोरुपमा लामो समयसम्म रहन सक्छ, पूर्ब अध्यक्ष आचार्यले भन्नुभयो ।
पक्ष लिएर गरिने पत्रकारिता लामो समयसम्म टिक्न नसक्ने हुनाले यसलाई परिवर्तन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । मिसन टोलीले विगतमा घटनापछि पठाइने मिसन टोली यसपटक पत्रकारिता भित्रको आन्तरिक अवस्था र सुरक्षा चुनौतीमा केन्द्रीत रहेको जनाएको छ । प्रहरी उपरक्षिक टेकप्रसाद राईले पत्रकारहरुको शान्ति सुरक्षाकालागि पहिलो प्रथामिकताकासाथ सुरक्षा खटाईएको जानकारी गराउनुभयो । पत्रकारलाई सुरक्षा दिएमात्र घटनाको सत्यतथ्य वाहिर आउने एसपी राईले बताउनुभयो ।
मिडियालाई आशा र विश्वास दिलाउन पत्रकारहरुले सोच विचार गरेर जस्ताकोत्यस्तै प्रशारण, प्रकाशन गर्न जरुरी रहेको अधिवक्ता लोकबहादुर शाहले बताउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले अहिलेका पत्रकारले व्यवसायीक पत्रकारितामा जोड दिन आवश्यक रहेको बताउनुभयो । समाज परिवर्तन र समाजमा भएका समस्या वाहिर ल्याउनलाई व्यवसायीक पत्रकारितामा जोड दिन आवश्यक रहेको उपमेयर मगरले बताउनुभयो ।
मिडिया शहर केन्द्रित मात्रा भएको हुनाले यसलाई गाउँस्तरसम्म पु¥याउन आवश्यक रहेको पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले बताउनुभयो । मिडियाले दूरदराजका जनताका लागि केहीगर्न नसकेकाकारण अव ती जनताको लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो ।
आवाज विहिनहरुको आवाज उठाउन नसकेकाकारण उनिहरुसामु पुग्न अति आवश्यक रहेको छ । मिडियालाई आशा र विश्वास दिलाउन पत्रकारहरुले सोच विचार गरेर जस्ताकोत्यस्तै प्रशारण, प्रकाशन गर्न जरुरी रहेको अधिवक्ता लोकबहादुर शाहले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पुनरावेदन बार नेपालगन्जका अध्यक्ष बलहादुर चन्द, नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, नेपाली काँग्रेस बाँकेका सदस्य सुधाम्सु कोइराला, नेकपा माओवादी केन्द्रका गोपाल पुन, इन्सेका नारायण सुवेदी लगायतले पत्रकारिताले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।




