
काठमाडौं, साउन १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रीमण्डल विस्तारमा लाग्नुभएको छ । थारुबाट नेपाल लोकतान्त्रिकबाट गोपाल दहित पुनः भूमिसुधार मन्त्री बन्ने पक्का भएको छ ।
नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम पनि टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेपछि नयाँ मन्त्री बन्नेहरु हौसिएका छन् । मंगलबार विस्तार गर्ने भनिएको मन्त्रीमण्डल कांग्रेसको आन्तरिक विवाद पछि अन्तिम घडीमा स्थगित भएको बुझिएको छ । सम्भवतः बुधबार मन्त्रीमण्डल विस्तार हुनेछ ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर यसअघि मन्त्री भइसकेका छन् ।
बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ४ जना बन्दैछन् । कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक एक मन्त्री बन्ने कांग्रेसले बताएको छ ।
कांग्रेसका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसीको पक्का भएको छ । यस्तै सरिता प्रसाईको नाम लगभग पक्का भएको छ । तर, कमला पन्तको पनि सम्भावना छ । यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ ।
माओवादीले मन्त्रीहरुको नाम टुंगो लगाइसकेका भनेको छ । गिरिराजमणी पोखरेल, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली, महेन्द्रबहादुर शाही मन्त्री बन्दै छन् ।
यो सरकार विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् । माओवादीले मन्त्रीहरुको नाम टुंगो लगाइसकेका भनेको छ । गिरिराजमणी पोखरेल, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली, महेन्द्रबहादुर शाही मन्त्री बन्दै छन् ।
९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् ।
त्यस्तै, फोरम लोकतान्त्रिकबाट जीतेन्द्र कुमार देव पुनः पर्यटन तथा संस्कृति मन्त्री बन्दै हुनुहुन्छ । मन्त्रीहरुको सपथ आजै साँझ ५ बजेपछि हुने बताइएको छ ।`




